logo

सरकार बिरुद्ध बीरगंजमा नेपाली कांग्रेसको भब्य प्रर्दशन, सर्वसत्तावाद चल्न नदिने उद्धघोष

      12/14/2020 गते 00 00 मा प्रकाशित     1086   पटक पढिएको


नेपाली कांग्रेस पर्साले सरकार बिरुद्ध भब्य प्रर्दशन तथा कोण सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेसले देशब्यापी प्रर्दशनको निर्णय गरे अनुसार बीरगंजमा प्रर्दशन गरेको हो । 

नेपाली कांग्रेसले २६ मंसीरमा ओली सरकार सर्वसत्तावादी तथा निरंकुश भएको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै  बिरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।

 

तनहुमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएको घटना पछि कांग्रेस सरकारका बिरुद्ध आन्दोलीत भएको हो । 

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै आज बीरगंजमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले बताउनु भयो । 


वर्तमान सरकार देशमा बढेको बेरोजगारको अवस्थाबाट बेखवर भएकोले युवाहरुमा निराशा देखिएको युवा नेता दीलीप कार्कीले टिप्पणी गर्नु भयो ।

सरकारको ताल देखेर युवाहरुमा निराशा छ यो निराशालाई आशामा रुपान्तरित गर्न नेपाली कांग्रेसले मात्र सक्ने कार्कीको भनाइ छ 

सरकार बिरोधी नारा लगाउदै नेपाली कांग्रेसले बीरगंजको घण्टाघरबाट प्रर्दशन गरेको थियो । शहरका मुख्य भागको परिक्रमा गरि जुलुश घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई नेपाली कांग्रेसका केन्द्रीय अनुशासन बिभागका प्रमुख रमेश रिजाल, मधेश बिभागका प्रमुख अजय कुमार चौरसिया , पूर्व मंत्री सुरेन्द्र चौधरी,संविधान सभाका सदस्यहरु राजेन्द्र बहादुर अमात्य, अनिल रुङगटा,रामेश्वर रौनीयार प्रदेश सभाका सदस्यहरु राजेश्वर साह र शंकर चौधरी बीरेन्द्रलाल नेपाली लगायतले सम्बोधन गर्नु भएको थियो । वक्ताहरुले ओली सरकार लोकतन्त्र बिरोधी रहेको बताएका थिए ।

 

उनीहरुले प्रजातन्त्रको मर्म बिपरित सरकार चलेको आारेप लगाए । सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै वक्ताहरुले नागरिकले सरकारबाट केही नपाएको आरोप लगाएका थिए । 


कार्यक्रम नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा नेपाली कांग्रेसका पर्साका नेता तथा अन्य भातृसंस्थाका नेता कार्यकर्ताको उललेख्य सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.