logo

आफू बिरुद्धको सार्वजनीक  षडयन्त्र असफल भएकोमा गुप्ता  उत्साहित जनताको हितमा क्रियाशिल रहिरहने वाचा

      11/27/2020 गते 00 00 मा प्रकाशित     1483   पटक पढिएको

नेकपाका नेता तथा संविधान सभाका सदस्य राजकुमार गुप्ताले कानून ब्यवस्था प्रति आफनो बिश्वास रहेको बताउनु भएको छ ।

 

कार्तिक ६मा बिन्दवासीनी गाउँपालिकाको प्रसौनीमा नेकपाको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा परि ज्यान गुमाएका मुकेश चौरसियाको हत्या अभियोगमा सरकारी वकील कार्यालयले ७ जना बिरुद्ध अभियोजन गरेपछि उहाँले यस्तो प्रतिक्रिया सार्वजनीक गर्नु भएको हो । 


मलाई षडयन्त्र गरेर फसाउन खोजिएको कुरा घाम जत्तिकै छर्लङ थियो गुप्ताले भन्नु भयो “ अनुसन्धानले त्यो कुरा पुष्टि गरेको छ सत्यको जीत भएको छ ।

 

उहाँले आफूलाई  ंिहसामा बिश्वास नरहेको प्रष्ट पार्नु भयो ।  पार्टी भित्रको राजनीतिक प्रतिस्पर्धा समेत शत्रुतापूर्ण हुदैन त्यो मित्रतापूर्ण नै हुन्छ त्यसैले हिंसाप्रति मेरो कुनै पनि आकर्षण नरहेको प्रष्ट पार्छु  गुप्ताले भन्नु भयो घटना दुःखद हो पार्टीले जिम्मेवार कार्यकर्ता गुमाउनु परेको छ तर घटनास्थलमा रहनु भएका नेताहरुले चौरसियाको उपचारमा यथेष्ठ ध्यान दिनु भएन भन्ने मलाई लागेको छ ।

 

नेताहरुलाई बीरगंजमा हेलीकप्टरमा झिकाउन सकियो तर चौरसियाजीलाई उपचारकोलागि हेलीकप्टर झिकाउने काम किन भएन भन्ने प्रश्न आफनो  मनमा खेली रहेको गुप्ताले बताउनु भयो । चौरसियाको हत्या प्रकरणको दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने उहाँको तर्क छ । 


उहाँले आफूलाई फसाउन खोज्ने षडयन्त्रका बिरुद्ध सहयोग गर्नुहुने सबै प्रति आभार प्रकट गर्नु भएको छ । राजनीतिक जीवनलाई समाप्त पार्ने षडयन्त्र असफल भएको भन्दै उहाँले आफू निरन्तर पार्टी र जनताको हितमा क्रियाशिल भइरहने बताउनु भएको छ ।

 

आफू बिरुद्ध सार्वजनीक षडयन्त्र , सडकमा रमिता र शक्तिकेन्द्रहरुको चासो प्रत्यक्ष  देख्नु भएका गुप्ता निराश होइन स्पातीलो बनेको प्रतिक्रिया दिनु भयो । उहाँले भन्नु भयो “जनताको वीचको मोर्चामा म सधै रहन्छु । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.