logo

कुनैपनि हालतमा म पार्टी फुट्न दिन्नः वरिष्ठ नेता नेपाल

      11/26/2020 गते 00 00 मा प्रकाशित     1082   पटक पढिएको

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपालाई फुट्न  नदिने बताउनु भएको छ ।   नेकपा फुट्दैन,कसैले फुटाउन सक्दैन र म कुनै पनी हालतमा पार्टी फुट्न दिन्न उहाँले भन्नु भयो “नेकपालाई कसैले पनि फुटाउन सक्दैन र म फुटाउन पनि दिन्न तर कसैले दम्भ गर्छ भने त्यो स्वीकार्य पनि छैन ।

 

पुष्पलाल स्मृति प्रतिष्ठान बारा शाखाले  सीमरामा आयोजना गरेको घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले  पार्टीभित्र विधि र पद्धतिको संस्कार स्थापित गर्न आफू लागिपरेको बताउनु भयो ।

 

उहाँले   पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने आफनो मान्यता रहेको चर्चा गर्दै  त्यसै अनुरुप सबै अगाडि बढनुपर्ने बताउनु भयो । पार्टी भित्र देखिएका समस्याहरु बिधिबत रुपमा छलफलको माध्यमबाट समाधान गरिनुपर्ने उहाँको भनाइ छ । तर कसैले पार्टी फुटाउने धम्की दिन्छ भने त्यो स्वीकार्य छैन पार्टीमा सबै नेताको समान अधिकार र योगदान छ  ।

 

सबैले एकअर्काको योगदानको कदर गर्नुपर्छ वरिष्ठ नेता नेपालको कथन थियो । वरिष्ठ नेता नेपालले बारा,पर्सा र रौतहटमा पार्टी निर्माणमा स्वर्गीय पुष्पलालको ठूलो योगदान रहेको चर्चा गर्नु भएको थियो ।  बारा शाखाका संयोजक पलट चौधरीको अध्यक्षतामा र मनोज पौडेलको सहजीकरणमा सम्पन्न बैठकमा नेकपा प्रदेश नम्बर २का सह इन्चार्ज नागेन्द्र चौधरी, पूर्व मन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका सचिव सुन्दर बहादुर विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश नम्बर २ का सचिव कमलेश झा लगायतको उपस्थिति रहेको थियो । पलट चौधरीको संयोजकत्वमा गठन गरिएको ४१ सदस्यीय जिल्ला शाखाको घोषणा गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.