logo

जिराभवानी र ठोरीमा नेकपाको शपथग्रहण सम्पन्न,बिधी र पद्धतीको बर्खिलाप गर्नेलाई दण्डीत गरिने चेतावनी

      10/16/2020 गते 00 00 मा प्रकाशित     1237   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले स्थानीय पार्टी कमिटीहरुलाई तल्लो तहको पार्टी र जनसंगठनको एकताको काम सक्न निर्देशन दिनु भएको छ ।

 

आज पर्साको ठोरी र जिराभवानी गाउँपालिका कमिटीका   पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता देवकोटाले आन्दोलन, नेपाली जनताको चाहना र मुलुकको ऐतिहासिक आवश्यकताका आधारमा मुलुकका दुई ठुला कम्युनिष्टपार्टीको  एकता भएको चर्चा गर्दै यो एकता नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको बताउनु भयो ।

 

उहाँले एकताका बाँकी कामहरु सकेर सिंगो पार्टीपंक्ति जनताको सुख दःखमा सामेल हुन जरुरी रहेको बताउनु भयो । उहाँले स्थानीय सरकारलाई जनताको हितमा परिचालन गर्न पार्टीले जितेको ठाउमा  प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने र हारेको ठाउमा रचानात्मक काम गर्न आवश्यक रहेको बताउनु भयो ।

 

 
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभू हजराले पार्टीको प्रदेश कमिटीले गरेको निर्णय कार्यान्वयनमा पार्टीले काम गरेको चर्चा गर्दै पार्टीको निर्णय भन्दा बारिहका गतिविधि पाटीकालागि सहय नभएको बताउनु भयो । उहाँले पार्टीका केही नेताहरुको कारण पर्साको पार्टी बिगत लामो समयदेखी अनिर्णयको बन्दी बनेको बताउनु भयो ।

 

उहाँले  अव पार्टीले त्यो अवस्थाको अन्त्य गरेको बताउनु भयो । उहाँले पार्टीको हित बिपरित जाने कोहीलाई पनि नछाडिने चेतावनी दिनु भयो ।  ब्यक्तिका स्वार्थका कारण पार्टीलाई समस्यामा पर्ने प्रवृतिलाई अन्त्य गर्न  कार्यकर्ताले पनि खवरदारी गर्नु पर्ने उहाँले बताउनु भयो । 


पर्सामा पार्टीका स्थानीय तहमा पार्टीले तय गरेको एकताको मापदण्डको आधारमा शपथ ग्रहण गराइएको उहाँले बताउनु भयो । मापदण्ड बनाएर भएको  निर्णयलाई आफूहरु कार्यान्वयनमा लागेको उहाँले बताउनु भयो । पार्टीले पर्सामा, पार्टीको स्थानीय तहमा एकताको मापदण्ड बनाउदा जुन पार्टीले स्थानीय तहमा बढी मत हासिल गरेको छ त्यो पार्टीले अध्यक्ष पाउने मापदण्ड तय भएको थियो ।

 

तर पर्सा जिल्लामा स्थानीय कमिटीको नामावली सिफारिश गर्नकालागि बनेको कार्यदलले पार्टीको यो मापदण्ड बिपरित सिफारिश गरेको थियो ।  पूर्व एमालेको तर्फबाट रामचन्द्र साह र प्रभू हजरा  र पूर्व ए .माओवादीको तर्फबाट छोटेलाल यादव र बिजय महतो रहेको कार्यदल बनेको थियो । कार्यदलले पार्टीले बनाएको मापदण्ड बिपरित केही नेतालाई टार्गेट गरेर उनीहरुलाई तुजुक देखाईदिने पूर्वाग्रहले प्रेरित भएर  मापदण्ड बिपरितको पार्टी एकताको नामावली प्रदेश कमिटीलाई पेश गरेको थियो ।

 

कार्यदलले ठोरीमा माओवादीले चुनाव जितेकोमा कार्यदलले एमालेको अध्यक्ष सिफारिश गर्यो । जिराभवानीमा एमालले जितेकोमा माओवादीको नाम अध्यक्षमा सिफारिश गर्यो । बहुदरमाईमा एमालले बढी भोट ल्याएकोमा माओवादीलाई अध्यक्षमा सिफारिश गर्यो ।

 

छिपहरमाई गाउपालिकमा एक जना नेताले ठेक्का नपाएको बिषयमा निकालिएको बिवाद हो । तर कार्यदलले गरेको सिफारिश मापदण्ड बिपरित रहेको भन्दै प्रदेश कमिटीले कार्यदलको सिफारिशलाई मान्यता नदिएर आफैले कमिटी निर्माण गरिदिएको हो । 

 


पार्टीका पर्सा पर्सा इन्चार्ज र सचिव बिजय महतोले प्रदेश कमिटीको निर्णयलाई बिवादीत बनाएर स्थानीय तहमा  पार्टी एकताको कामलाई हुन नदिएको पार्टीका अध्यक्ष प्रभू हजराले आरोप लगाउनु भयो । 


सुवर्णपुरमा आयोजीत आजको कार्यक्रमलाई सम्बोधन गर्दै सम्बिधान सभाका सदस्य पार्टी नेता राजकुमार गुप्ताले पार्टी बिधि र पद्धतीबाट चल्नु पर्छ भनेर वकालत गर्नेहरुले पार्टी निर्णयको अवज्ञा गरेको बताउनु भयो । उहाँले तल्लो कमिटी माथिल्लो कमिटीको मातहत हुन्छ भन्दै प्रशिक्षण दिदै हिडने नेताहरुले माथिल्लो कमिटीको निर्णयको बर्खिलाप कार्यक्रम गर्दै हिडेको देख्दा आफूलाई आश्चर्य लागेको बताउनु भयो ।

 

उहाँले  संगठनात्मक सिद्धान्तामा के परिर्वतन भयो की प्रशिक्षण दिदै हिडने नेताहरु बिधि र पद्धती भन्दा बाहिर जानु भएको हो ? भन्ने प्रतिप्रश्न गर्दै अव उमेर पनि पाको हुदै जादा बालापन देखिएको पो हो की भन्नु भयो ।  बिधि र पद्धतीलाई पालनागरिनु पर्छ  उहाँले भन्नु भयो “ अराजकतापूर्ण गतिविधि गर्दै हिडनेहरुलाई पार्टीले दण्डीत गरेर पार्टी भित्र अनुशासनको अवस्था बहाल गर्नु आवश्यक छ ” । 


कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठ , सचिव प्रताप श्रेष्ठ सहित ३६ जना र जिराभवानाीका अध्यक्ष शशीकपुर थारु सहित २७ जनालाई पार्टीका अध्यक्ष प्रभू हजराले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । 


कार्यक्रममा समिबधान सभाका सदस्य जयप्रकाश थारु ,प्रदुम्न चौहान, पार्टीका प्रदेश कमिटीका सदस्य बाबुरा कौशीक, घनश्याम महत तेजप्रकाश निषाध, पार्टीको बीरगंज महानगर कमिटीका सचिव डा.बिश्वम्भर शर्मा,जगरनाथपुर गाउँपािलकाका अध्यक्ष जालीम मिया , छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता , जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित थारु ,पार्टीका जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बन्जारा लगायतका नेताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


खगेन्द्र श्रेष्ठ र शशी कपुर थारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन ठोरी गाउँपालिका कमिटीका सचिव प्रताप श्रेष्ठले संचालन गर्नु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.