logo

वर्तमान शासकहरुलाई खबरदारी गर्न राजनीतिक दलले भन्दा पनि मिडियाले ठूलो भुमिका खेलेको छः डा. भट्टराई 

      10/13/2020 गते 00 00 मा प्रकाशित     805   पटक पढिएको

पीसी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो सान्भी र साझा डेलीको आज औपचारिक उद्घाटन भएको छ ।


रेडियो र अनलाइनको पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा। बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

 

गएको माघ ३ गते परीक्षण प्रशारण शुभारम्भ गरेको रेडियो प्रजातन्त्र दिवस फागुन ७ गतेदेखि नियमित प्रशारणमा गएको थियो । 

 

उद्घाटन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले फाँसीवादतर्फ उन्मुख वर्तमान सरकारलाई प्रतिपक्षले भन्दा पनि मिडियाले खबरदारी गरेको बताउनु भयो ।

 

उहाँले प्रमुख प्रतिपक्ष भनाउदा दलले खवरदारीको भूमिका निर्वाह गर्न नसकेको स्पष्ट पानुृ भयो  । उहाँले कोभिड महामारीले अर्थतन्त्र तहसनहस भएको बेला फाँसीवादतर्फ उन्मुख भई निदाइरहेको वर्तमान शासकहरुलाई खबरदारी गर्न राजनैतिक दलले भन्दा पनि मिडियाले ठूलो भुमिका खेलिरहेको बताउनुभयो ।

 

 भट्टराईले पछिल्लो समय लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउनका निमित्त मिडियाले ठूलो भुमिका खेलेको बताउनुभयो ।

 

आफनो पार्टीले पनि सहि मानेमा सरकारलाई खवरलारी गर्न नसकेको भन्दै डा. भट्टराईले आत्मआलोचना गर्नु भएको थियो । डा. भट्टराईले वर्तमान निकम्मा सरकारलाई झक्झक्याउनका निमित्त राजनीतिक दलहरुले जुन भुमिका खेल्नु पथ्र्यो त्यसमा चुकेको स्वीकार गर्नुभयो ।

 

उहाँले भन्नुभयो ‘हाम्रो पार्टी भर्खरै एकीकरण भई समायोजनको प्रक्रियामा छ, यसको छुट हामीलाई छ तर स्थापित भनिएको प्रतिपक्ष दलले समेत सरकारको निकम्मापनलाई उजागर गरिरहेको छैन, यस्तो अवस्थामा मिडियाले अग्रगामी भुमिका खेलेको छ, यो यथार्थ हो ।’
 डा. भट्टराईले मिडिया स्वतन्त्र होस् भन्ने आफुले चाहेको बताउनुभयो । तर मिडियाको व्यवस्थापनको पाटो स्वतन्त्र हुन सकेन भने मिडिया स्वतन्त्र हुन नसक्ने जिकिर गर्नुभयो ।


उहाँले रेडियोका संचालकलाई  रेडियो मुनाफा आर्जनकालागि नभई सामाजिक उत्तरदायीत्व निर्वहनकालागि चलाउन सुझाव दिनु भयो ।उहाँले  पिसि मिडिया नेटवर्कले यसको शुरुवात गरोस् भन्दै उहाँले भोलिका दिन आर्थिक राजधानीको रुपमा वीरगञ्ज हुन सक्ने भन्दै यो मिडियाले राष्ट्रिय स्तरको भुमिका खेल्ने गरी अघि बढ्नुपर्ने शुभकामना दिनुभयो ।

जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मिडियालाई लोकतन्त्रको मापन गर्ने थर्मोमिटरको संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो ‘मिडिया भनेको थर्मोमिटर जस्तै हो, कुन मुलुकमा कति नागरिकले कति स्वतन्त्रता पाएका छन् रु लोकतन्त्रको अवस्था के छ, त्यो नाप्ने माध्यम भनेको मिडिया हो ।’

त्यसकारण, कुनै पनि देशमा प्रेस स्वतन्त्रता छ भने लोकतन्त्र पनि स्थापित रहेको मान्न सकिने पूर्व उप प्रधानमन्त्री यादवको जिकिर छ । मिडियाले सबै आन्दोलनमा अहम भुमिका खेलेको भन्दै नेता यादवले न्यायका लागि समानता स्थापित गर्न मिडिया अझै प्रभावकारी रुपमा अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पत्रकारको मिडिया ऐन बनाउँदा गाह्रो भएको अनुभव सुनाउनु भयो । कार्यक्रममा यस सम्बन्धमा उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री राउतले आफ्नो यस्तो चाहना नहुँदा नहुँदै विभिन्न कारणले गर्दा मिडिया ऐन ल्याउन बाध्य भएको दाबी गर्नुभयो ।

 

उहाँले भन्नुभयो ‘मिडिया ऐन ल्याउँदा पत्रकारका प्रतिनिधिसँग छलफल नगरेको होइन तर के नमिलेको नमिलेको जस्तो भयो  । उहाँले  पत्रकारको भावनालाई कुठराघात गर्ने प्रदेश सरकारले मनसाय होइन ।’ मिडिया ऐनमा पत्रकारहरुको केही चाहना समाविष्ट नभएका होलान्, त्यसका लागि आवश्यकता र औचित्यका आधारमा ऐन संशोधन गरिने प्रतिबद्धता मुख्यमन्त्री राउतले जाहिर गर्नुभयो ।


यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछानेले बलिदानीबाट स्थापित प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने गरी कानुन ल्याएको आरोप लगाउनु भएको थियो ।

 

उहाँले प्रदेश सरकारलाई प्रेस मैत्री हुन सुझाव दिनुभयो । कोभिडका बिरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेका संचारकर्मीलाई प्रदेश सरकारले सम्मान गर्न नसकेको उहाँको भनाई थियो । सरकारसंग आश्वास पर्याप्त छ  तर कार्यान्वयन शून्य उपाध्यक्ष लामिछानेले भन्नु भयो समानता सामाजिक न्याय भनेर नथाक्ने सरकार आफै बिभेदकारी रहेको छ ।

 

प्रदेश सरकार पत्रकारप्रति किन पूर्वाग्रही भइरहेको छ ? विरक्तिभाव किन प्रकट गरिरहेको छ ? आफुले बुझ्न नसकेको उपाध्यक्ष लामिछानेले भन्नुभयो ।

रेडियो सान्भीका महाप्रबन्धक नवराय फुँयालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जसपाका नेता राजेन्द्र श्रेष्ठ,  प्रदेश सांसदहरु करिमा बेगम, सिंहासन साह कलवार, भिमा यादव, जनत अन्सारी र मन्जुर आलम, जसपा नेताहरु नेजामुद्दिन समानी, रामनरेश यादव, तबरेज अहमद, सञ्चारकर्मी, चिकित्सक, श्रोता, नागरिक समाजका विभिन्न क्षेत्रका व्यक्तित्वको पनि उपस्थिति रहेको थियो ।

उद्घाटनमा रेडियाका कार्यक्रम संयोजक हेमन्त तामाङले सहजीकरण गर्नुभएको थियो भने अशोक संग्रौलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.