logo

सरकारले बिद्यालय संचालनको प्रोटोकोल नबनाउदै बिद्यालय संचालन गर्दा समस्या आउने तर्फ सचेत हुन महानगर प्रमुखको आग्रह

      10/12/2020 गते 00 00 मा प्रकाशित     1349   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सरकारले बिद्यालय संचालनको प्रोटोकल नबनाउदा सम्म बिद्यालय संचालन गर्न कठिन हुने बताउनु भएको छ ।

 

कार्तिक ११ गते बाट बिद्यालय संचालन हुने समाचार प्रकाशमा आएपछि इसीमानाले महानगर प्रमुख सरवागीसंग राखेको जिज्ञासामा उहाँले यस्तो बताउनु भएको हो । 


बिश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकोलका आधारमा वालवालिका कोरोनाको जोखिममा नपर्ने गरि बिद्यालय संचालनको लागि महानगरले पनि बिभिन्न बिकल्पका साथ जिम्मेवार निकायमा पत्राचार गरेको उहाँले जानकारी दिनु भयो  ।

 

सरकारले जारी गरेको ऐन नियम कानून र कतिपय आदेशहरुको पालना नगर्दा जो कोही पनि कारवाहीमा पर्न सक्ने बताउदै महानगर प्रमुख सरावगीले संघ सरकारले बिद्यालय खोल्न इजाजत नदिदै खोल्ने काम गरियो भने त्याहा कारवाही हुनु स्वभाविक हुने बताउनु भयो । 

 


शिक्षालय संचालनको प्रमुख जिम्मेवार स्थानीय सरकार नै हो उहाँले भन्नु भयो त्यस हिसावले बिद्यालयहरु संचालनको ब्यवस्थापनको जिम्म हामी संगै छ हामी पनि बिद्यालय संचालन होस भन्ने पक्षमा छौ तर यो स्वास्थ्य संकटको अवस्थामा महानगरले मात्र निर्णय गरेर नहुने भएकोले हामी सरकारको प्रोटेकोलको प्रतिक्षामा छौ ।


मुलुकमा कतिपय स्थानमा संचालनमा आएका बिद्यालयहरु पछिल्लो अवस्थामा बन्द गरिएका छन । कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढेको छ । यस्तो अवस्थामा बिद्यालयमा वालवालिकालाई उचित ब्यवस्थापन बिना बोलाउनु झनै जोखिमपूर्ण हुने अवस्था छ । 


बीरगंजमा शनिवार संघीय सासद, राजनीतिक दलका प्रतिनिधि र शिक्षण संस्थाका संचालक तथा अभिभावकको भेलाले कार्तिक ११ गते देखि शिक्षण संस्था संचालनको निर्णय गरेको छ । शिक्षण संस्था संचालनको निर्देशन गर्ने स्थानीय सरकार र  केन्द्रीय सरकारको प्रतिनिधिको अभावमा गरिएको निर्णयले बैद्यता पाउने कुरामै शंका छ ।

 

सासँदको सहभागितामा भएको निर्णय र निर्वाचन क्षेत्रको बिद्यालय खोल्ने हो की जिल्ला भरिको बिद्यालय खोल्ने भन्ने अन्यौलता पनि छ । बैद्यताको प्रश्न उठने गरि निर्णय गर्नुृ भन्दा त सांसदले केन्द्र सरकारसंग सम्वाद गरेर बिद्यालय संचालनको प्रोटोकोल जारी गराउनु पर्ने बिज्ञहरुको सुझाव छ ।

 

चाडपर्वको बेलामा बिद्यार्थीको मनस्थिति पनि बिद्यालय जाने खालको हुदैन । त्यसमाथि कोरोनाको कहरमा बिद्यार्थीहरुको बिद्यालय जाने कुरा कति सुरक्षीत हुन्छ भन्ने कुराको सुनिश्चितता नहुदा बिदार्थीहरु जोखिममा पर्ने डर रहिरहने भएकोले पनि बिचार पुर्याउनु पर्ने अवस्था रहेको टिप्पणी हुन थालेको छ । 


कतिपयले सर्वपक्षीय बैठकको हवाला दिएर बिद्यालय खोल्ने निर्णय प्रति नै चुनौती दिएका छन । स्वास्थ्य संकटको बेलामा संक्रमण नियन्त्रण र रोकथामको सम्पूर्ण अधिकार बोकेको स्थानीय प्रशासनले समेत बिद्यालय खोल्ने इजाजत नदिएको अवस्थामा शिक्षकहरु नेताहरु बिद्यालय खोलेर वालवालिकालाई जोखिममा पार्न किन अग्रसर हुदै छन भन्ने प्रश्न उठेको छ । 


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.