logo

स्थानीयतहमा निर्वाचन केन्द्रीत राजनीति शुरु, बहुदरमाईमा जसपाले बुझायो ज्ञापन, सुनवाई नभए आन्दोलनको चेतावनी

      9/21/2020 गते 00 00 मा प्रकाशित     1356   पटक पढिएको

जनता समाजवादी पार्टीले बहुदरमाई नगरपालिकाको नगरपरिषद पारदर्शी रुपमा गर्न माँग गरेको छ । पार्टीको नगर समितिले नगरपालिकालाई आज ज्ञापनपत्र बुझाउदे यस्तो माँग  गरेको हो ।

 

 ज्ञापन पत्र मार्फत पार्टीले चरणवद्ध छलफलका माध्यमबाट योजनाको छनौट ,नगर क्षेत्र भित्र नगर स्तरीय स्वास्थ्य उपचार केन्द्र, अध्यन अध्यापन गराउने क्याम्पस संचालन, नगर क्षेत्र भित्रका विद्यालयलाई व्यवस्थित एवं प्राविधिक जनशक्ति पूर्ण, बहुदरमाई क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न बजेट विनियोजन, नगरपालिकासंग उपलब्ध स्कारभेटर, ट्रेक्टर र सेपटी ट्यांकीको प्रयोग, कृषि बजार, कृषि विद्युतीकरण र सिंचाईको व्यवस्था गर्न माँग गरिएको छ ।  

एम्बुलेन्स, शव वाहनको व्यवस्था, कोभिड—१९ को समयमा भए गरेका हिसाब किताबको सार्वजनीकीकरण, नगरपालिकाले यस आ.ब.भन्दा अगाडी सम्पन्न गरि सकेको तीन आर्थिक वर्षको खर्च विवरण, नगरपालिका पदाधिकारीहरुले प्रयोग गर्दै आएका सवारी साधनको इन्धन, मर्मत कार्यमा भएको खर्चको विवरण, नगरपालिकाले अहिलेसम्म गरेका नगर स्तरिय, वडा स्तरिय योजनाको विस्तृत विवरण सार्वजनिक गर्न सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


जनता समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णा प्रसाद यादवको नेतृत्वमा गएको टोलीले नगर प्रमुख र उपप्रमुखको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

पार्टीका नेता तथा बहुदरमाई नगरपालिकामा राजपका प्रत्यासी रहनु भएका शिव पटेलले ज्ञापन पत्रमार्फत नागरिकको माँग उठाएको बताउनु भयो । उहाँले माँगहरु सम्बोधनमा नगर नेतृत्वले ध्यान नदिए प्रजातान्त्रिक बिधि अनुसार आन्दोलनको बाटोमा जान आफूहरु बाध्य हुने बताउनु भयो ।

 

 सो अवसरमा जनता समाजवादी पार्टीका नगरसचिव  बृजेश यादव, युवा नेता निशेष यादव, अनुज प्रसाद कलवार, शिव कुमार साह, नगर कार्य समितिका सदस्यहरु क्रमशः संजय कुशवाहा, जवाहर प्रसाद कोईरी, रामकिशुन यादव, बन्धु साह तुरहा, भरदुल मिया, रामजी यादव, नरेश यादव, नन्दलाल पटेल, सोती कलवार, सोनालाल साह, रामाज्ञा मण्डल, कृष्ण प्रसाद कुर्मी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.