logo

पार्टीको बैठक माँग गर्दै ५१ सदस्यले बुझाए ज्ञापन,  सरकारी निषेधाज्ञा र पार्टीको निर्देशनको सत्ताधारी दलका कार्यकर्ता हुर्मत लिदै 

      9/18/2020 गते 00 00 मा प्रकाशित     1513   पटक पढिएको

नेकपा पर्सामा ५१ जना जिल्ला कमिटीका सदस्यले ज्ञापनपत्र पेश गरेर जिल्ला कमिटीको बैठकको माँग गरेका छन । पार्टी एकतापछि बनेको एकिकृत कमिटीको बैठक बस्न नसकेको भन्दै ५१ जनाले हस्ताक्षर गरेर पार्टीको जिल्ला कमिटीको बैठक माँग गरेका छन । 

 

कोरोना हटस्पट बनेको पर्सा जिल्लामा जनताको जीवन रक्षाको निम्ति पार्टीले केही काम गर्न नसकेको ,पर्सामा जिल्ला कमिटिले पूर्णता पाई सपथ ग्रहण भएको एक वर्ष वितिसक्दा जिल्ला कमिटिको एउटा पनि बैठक बस्न नसकेको, सचिवालय गठन हुन नसकेको, जिल्ला कमिटी सदस्यको कार्य विभाजन नभएको, जिल्लामा रहेका अधिकांश पालिका कमिटीहरुले पूर्णता नपाएको, पाइसकेकाहरुको पनि सपथ हुन नसकेको भन्दै उनीहरुले बैठकको माँग गरेका छन । 


असन्तुष्ट जिल्ला सदस्यहरुले बैठकको बिषयमा पार्टीको बिधानले गरेको ब्यवस्थाको हवाला दिदै बैठक माँग गरेका छन । 


पार्टीको  अन्तरिम विधान २०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २र२ महिनामा बस्नुपर्ने व्यवस्था छ । विधानकै धारा ५९ कै (क) को ४ बमोजिम २५ प्रतिशत जिल्ला कमिटी सदस्यहरुले जिल्ला कमिटिको बैठक बोलाउन माग गर्न सक्ने व्यवस्था छ । तर अहिले पार्टीको केद्य्रीय कमिटीले नै मातहतका कमिटीको बैठक भेला भिडभाड हुनु पर्ने अन्य काम रोकेको छ ।

 

यो बेलामा बैधानिक ब्यवस्थाको वकालत गरेर पार्टी केन्द्र र सरकारको निर्णयको खिलाफ नेकपा पर्साको ५१ जना सदस्यले किन पार्टीको बैठक माँग गरेका हुन भन्ने प्रश्न उठेको छ । जिल्ला सदस्य राघव साहको नेतृत्वमा उनीहरुले पार्टी अध्यक्ष प्रभू हजरालाई ज्ञापन बुझाउदै बैठक माँग गरेका हुन ।

 

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सभा गोष्ठी भेला सेमिनार गर्न रोक लगाएको छ । शैलुन समेत चल्न दिएको छैन यस्तोमा  १ सय ६५ सदस्यीय जिल्ला कमिटिको बैठक राख भन्दै  सत्तारुढ दलका नेताहरु नै सरकारी निर्णयको हुर्मत लिन किन उत्साहित भएका हुन भन्ने प्रश्न समेत उठेको छ ।


प्रदेश नं २ मा पार्टी संगठन भित्रै बिवाद छ । संगठन बिभाग प्रमुख बामदेव गौतमको संयोजकत्वमा प्रदेश २ को बिवाद मिलाउनकालागि समिति बनेको छ ।

 

पार्टीका कतिपय काममा समितिले नै रोक लगाएको छ ।  पर्सा जिल्लामा सबै पालिकामा पार्टीको तर्फबाट जिम्मेवारी तोकिएको छ । छिपहरमाई, जिराभवानी र ठोरीमा बिवाद भएकोले शपथग्रहणको काम भएको छैन  त्यो बिवाद पनि कृत्रिम विवादको रुमा रहेको छ ।

 

पार्टीका पर्सा अध्यक्ष प्रभू हजराले पार्टीको निर्देशन अनुसार नै बैठक नडाकिएको बताउनु भयो । अध्यक्ष हजराले पार्टीको जीवनलाई संस्थागत र सुबिचारित रुपमा संचालन गर्न बैठक आवश्यक छ त्यसबाट भाग्ने कुरा हुदैन भन्नु भयो । उहाँले तर मुलुकको अवस्था असमान्य रहेको कुरालाई बुझ्न जरुरी रहेको उहाँको भनाई छ ।

 

 पार्टीको पर्सा जिल्ला कमिटीको बैठक राख्दा जिल्ला कमिटी सदस्य प्रदेश कमिटी सदस्य र केन्द्रीय सदस्यहरु गर्दा करिब २ सया जनाको संख्या हुन्छ अहिलेको अवस्थामा यत्रो संख्या बैठक राख्ने कुरा पार्टीले इजाजत नदिएको उहाँले बताउनु भयो । उहाँले साथीहरुले बैठक माग गरेर ज्ञापन दिनु भएको छ यो बिषयमा माथिल्लो कमिटीमा पनि जानकारी गराइएको छ पार्टीको माथिल्लो अकिटीले आवश्यक निर्देशन दिने उहाँले बताउनु भयो  । 


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.