logo

बानिया निर्माणसेवाका इन्जिनियरलाई स्थानीयको दर्जनौ सवाल, हुलाकी राजमार्गमा खेलवाड गरेको भन्दै स्थानीयले गरे अवरोध 

      9/16/2020 गते 00 00 मा प्रकाशित     1049   पटक पढिएको

पिच सडकमा खाल्डो किन रु यो खाल्डो ठिक हो  ?  तपाई जवाफ दिन सक्नु हुन्छ ? कुनै काम गरेपछि त्यसको जवाफदेही हुनु पर्छ की पर्दैन ?  रोलीङ कस्तो भयो ?  तपाईलाई लाज लाग्दैन ?  यो ट्रयाल गरेको भन्न मिल्छ ?यि प्रश्न स्थानीय उपभोक्ताले बानिया निर्माण सेवाका इन्जियिर गौरब झालाई सोधेका हुन ।

 

बिजयबस्ती सडकखण्डमा  हुलाकी राजमार्गमा भइरहेको पिच निर्माणको काममा निर्माण पक्षले गुणस्तरहीन काम गरेपछि निर्माणस्थलमै पुगेर स्थानीयले यस्तो प्रश्न गरेका हुन ।  निर्माणको प्राविधिक रेखदेखमा संलग्न इन्जिनियर झा स्थानीय नागरिकको चित्त बुझदो जवाफ दिन सफल हुनु भएन ।

 

बरु उहाँले सडकको पिच बनाउने क्रममा आफूहरुबाट गलत भएको स्वीकार गर्नु भयो । स्थानीय नागरिकले बानिया निर्माण सेवाले  हुलाकी राजमार्ग निर्माणमा देखाएको लापरवाहीको ठोरी गाउँपालिका ४ का नागरिकले पटक पटक खवरदारी गरेका छन ।

 

सडकको अन्तिम पिच हुदा समेत झारा टार्ने काम भएको भन्दै स्थानीयले बानिया निर्माण सेवाले गर्नलागेको काममा रोक लगाएका  छन  । पटक पटक नागरिकले खवरदारी गर्दा पनि सडक निर्माणको बिषयमा निर्माण पक्षले खेलवाड गरेको भन्दै स्थानीयले आलोचना गरेका छन । 

 

इन्द्र बहादुर बानिया यो निर्माण कम्पनीका संचालक हुन । बानिया बाग्मती प्रदेशको प्रदेश सभामा बिपक्षीदलका नेता हुन । मुलुकको पूर्व गृहराज्यमंत्री समेत भइसकेका ब्यक्ति हुन । राजनीतिलाई आफनो पेशाको संरक्षणकालागि उपयोग गरेका बानियाले बाहिर बिकास निर्माणको बारेमा राम्रो भाषण गर्छन ।

 

तर आफूले निर्माणको जिम्मेवारी पाएको ठाउमा कमसल समाग्रीको प्रयोग गरेर गुणस्तरहिन निर्माण गर्छन । बानियको निर्माण सेवाको यही रबैयाका कारण ठोरी गाउँपालिकामा पटक पटक निर्माण पक्षका मानिस संग स्थानीयको द्वण्द्व हुदै आएको छ ।

 

२० भदौमा नेता बानियालाई ठोरीमा नेपाली कांग्रेसले भब्य स्वागत समेत गरेको थियो । उनले त्यतीबेला साना तिना कुरामा बिवाद नगरेर सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरेका थिए । एकातिर बानिया आफै विवाद नगर्न भन्दै आग्रह गर्दै हिड्छन अर्को तर्फ निर्माणको काममा गुणस्तरीयता कायम गर्न चाहदैनन ।

 

उनको त्यो आग्रहका कारण चुप लागेको भए आज पिच निर्माणमा भएको गुणस्तरहिनताको पर्दाफाश भने हुने थिएन । आफनो ठाउको निर्माण कार्यमा स्थानीयले देखाएको चासोले गुणात्मक निर्माण गर्न बानिया  निर्माण सेवा बाध्य हुने छ । 

 

निर्माणाधीन हुलाकी सडकको बिजयबस्ती खण्डमा दोश्रो तथा अन्तिम लेयर बिछ्याउने क्रममा खाल्डाखुल्डी रहेको र बाटो सफा नगरी माटो, गोबरमाथी नै अन्तिम लेयर ९मसिनो गिट्टी सहितको कालोपत्र० बिछ्याइएको भन्दै स्थानीयले अवरोध गरेका हुन ।

 

अन्तिम कालोपत्रेमा पानी पस्ने खाल्डाखुल्डी रहेको र राम्रो फिनिसिङ नआएको र बाटो सफा नगरीकन माटोमाथी नै कालोपत्रे बिछ्याइएको बानियाँ कन्ट्रक्सनका इन्जिनियरहरुले स्वीकार समेत गरेका छ्न ।

बिजयबस्तीको पेट्रोल पम्प अगाडिबाट सुरु भएको अन्तिम लेयर बिछ्याउने कार्यमा त्रुटी भएको भन्दै बानियाँ कन्ट्रकसनका उद्धव नेउपानेले हुलाकी सडकको स्तर अवलोकन गर्ने भारतीय इन्जिनियर  बोलाउने र स्थानीय संग छ्लफल गराई गुणस्तरीय पिच बनाउने गरि अघि बढ्ने बताएका छ्न ।

 


बाटो सफा नगरी कालोपत्रे बिछ्याइएको सन्दर्भमा उनले अब त्यस्तो गल्ती नदोहोर्‍याउने र पिच गर्न बांकी रहेको स्थानमा पानी र एयर कम्प्रेसरको माध्यमले सफा गरेर मात्र काम अघि बढाउने पनि बताएका छ्न ।

 

नेउपानेले बाटो सफा गरेर मात्र कालोपत्रे बिछ्याउने बताएपछि पानी र एयर कम्प्रेसरको माद्यमबाट अहिले बाटो सफा गर्ने कार्य भइरहेको भएपनी कालोपत्रे बिछ्याउने काम भने सडकको स्तर जाँच गर्ने इन्जिनियर नआउन्जेलका लागि रोकिएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.