logo

कोराना बिरुद्ध फ्रन्टलाईनमा रहेर काम गर्ने पर्सेली पत्रकारहरु भाईजान्स अफ  बीरगंज सस्थाद्वारा  सम्मानीत 

      9/12/2020 गते 00 00 मा प्रकाशित     1123   पटक पढिएको

भाईजान्स अफ बीरगंज नाम गैरसरकारी  सस्थाले पर्सेली पत्रकारलाई सम्मान गरेको छ ।आज नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मान समारोह  कार्यक्रमको आयोजना गरि पर्सेली पत्रकारलाई सम्मान गरिएको हो ।

 


कोरोना भायरसको संक्रमणले उत्पन्न गरेको  महामारीको बेलामा पनि   पर्सेली पत्रकारहरुले आफ्नो ज्यानको प्रवाह नगरी फ्रन्टलाईनमा रहि सत्यतथ्य समाचार सम्प्रेषण गरेर महत्वपूर्ण  योगदान दिदै आएकोले उनीहरुलाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।   पत्रकारको हौसला बढाउन र जिम्मेवारी पुर्वक काम गर्न उत्साह बढने उद्धेश्यले दोसल्ला ओढाई प्रशंसा  पत्र सहित  सम्मान गरिएको भाईजान्स अफ बीरगंजका अध्यक्ष नौसाद अन्सारीले बताउनु भयो ।


सम्मानित हुनु हुनेमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष के.सी. लामिछाने , पर्साका  नेपाल पत्रकार महासंघ पर्सा,अध्यक्ष श्याम बन्जरा , बिबिसी नेपाल बीरगंजका सम्बादाता माधुरी महतो, रेडियो बीरगंजका संचालक ध्रुब साह ,बिमला गुप्ता , राजधानी दैनिकका बिजय भन्डारी , एभिन्युजका राजन रौनियार , नेपाल टेलिभिजनका नेहाल खान , कान्तिपुर दैनिकका भुषण यादव , जनता टेलिभिजनका सन्जिब मिश्र , रातो पार्टीका अमित अग्रवाल , न्युज २४ का जाकिर हुसेन , अंकुश  दैनिकका संतोषमान रन्जितकार , पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल , न्युज प्वाईन्टका मन्सुर खान , बीरगंज सन्जालका कृष्णा श्रीवास्तव , प्रहार डेली डट कमका राहुल गुप्ता , सान्भी एफएमका हेमन्त तामाङ लगायत २५ जना पत्रकारलाई सम्मान गरिएको  भाईजान्स अफ बीरगंजका सचिव जुनेद अहमदले जानकारी दिनु भयो।

 


त्यसै गरि भाईजान्स अफ बीरगंजले यश अघि कोभिड  १९ कोरोना भाईरसमा आफ्नो परिवार र आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र कोरोना संक्रमितहरुको सेवा गर्दै आईरहेका बीरगंजका चिकित्सक ,  स्वास्थ्यकर्मी र सफाईकर्मी लाई पनि सम्मान गरेको थियो ।भाईजान्स अफ बीरगंज छोटो समयमा नै समाजिक कार्यमा धेरै काम गर्दै आईरहेको सस्था हो।

 


भाईजान्स अफ बीरगंजका अध्यक्ष नौसाद अन्सारीको अध्यक्षतामा र नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्य भएको पत्रकार सम्मान समारोहमा बिशिस्ट अतिथि प्रदेश न. २ का उपाध्यक्ष के.सी. लामिछाने , पर्साका अध्यक्ष श्याम बन्जरा , भाईजान्स अफ बीरगंजका उपाध्यक्ष साहिब खान, सचिव जुनेद अहमद , सल्लाहकार जब्बार अन्सारी , सदस्य रोशन जंग बहादुर , अख्बर मन्सुरी , अक्रम हुसेन , गुलसन यादव लगायतकाको सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन भाईजान्स अफ बीरगंजका सदस्य साहिब अन्सारीले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.