logo

नागरिक रक्षाको पहलकदमी लिन प्रदेश सरकार असफल,संचार ऐनको अवज्ञा गर्ने पत्रकार महासंघको निर्णय 

      9/6/2020 गते 00 00 मा प्रकाशित     857   पटक पढिएको

प्रदेश २ सरकारले जारी गरेको प्रदेश संचार ऐन २०७७ लाई नेपाल पत्रकार महासंघ  प्रदेश समिति २ ले  अवज्ञा गर्ने निर्णय गरेको छ ।

 

प्रदेश सरकारले ल्याएको संचार ऐनले आमसंचार माध्यम र श्रमजीवी पत्रकारको हित र संरक्षणको बिषयमा प्रवन्ध गरिएको सरकारीदावी सत्य नभएको भन्दै नेपाल पत्रकार महासंघले संचार ऐनको अवज्ञा गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ प्रदेश २ ले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


नेपाल पत्रकार महासंघ प्रदेश समितिको शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न बैठकले संचार ऐन बदनियतपूर्ण रुपमा आएको डहर गरेको छ । 


प्रदेश सरकारले चोरबाटोबाट संचार ल्याएको नेपाल पत्रकार महासंघले गम्भिर आरोप लगाएको छ । सरकारले संसदीय परम्परा पद्धती र बिधयकलाई कानूनको रुपमा परिपक्व बनाउने कार्यबिधिसबैलाई स्थागन गरेर कोरोना महामारीको संकटको बेलामा चोर बाटोबाट प्रदेश सभाबाट पारित गरेको महासंघले जनाएको छ ।

 

बिधयक प्रदेश सभा भित्र रहेको संसदीय समितिमा समेत छलफल नगरिएको संसद सचिवालयले समेत जनाएको छ । 


कोरोना काइरसको संक्रमणको प्रमुख केन्द्र बनेको प्रदेश २ मा नागरिकको जीवन रक्षा गर्ने र नागरिकको सूचना पाउने अधिकारलाई प्रचलनमा ल्याउन अहोरात्र फ्रन्टलाईनमा खटने पत्रकारहरुको निम्ति निर्वाह गर्नु पर्ने दायित्व निर्वाह गर्न सरकार असफल भएको नेपाल पत्रकार महासंघले निष्कर्ष निकालेको प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले बताउनु भयो । उहाँले भन्नु भयो “सरकार नागरिकको जीवन रक्षाकोलागि पहलकदमी लिन असफल भयो ” । 


बैठकले सागठानीक जीवनका केही महत्वपूर्ण निर्णय गर्दै सबै शाखाहरुलाई भदौ मसान्त सम्ममा सदस्यताको नविकरण सक्न र नयाँ सदस्यताको सिफारिश गर्न निर्देशीत गरेको छ । 

 

बैठकले प्रदेशका  बिभिन्न जिल्लामा रहेर काठमाण्डौबाट प्रकाशन प्रशारण हुने संचार संस्थाका सम्वाददाताका रुपमा कार्यरत पत्रकारहरुको ढेड वर्षदेखीको पारिश्रमीक उपलब्ध नगराएको र कोरोना संकटको यो बेलामा समाचार प्रकाशन नगरेर घुमाउरो पारामा कामबाट निकाल्न खोजिएका घटनाहरु देखिएकोले त्यस्त संचार माध्यमलाई श्रमजीवी पत्रकारको काम सुनिश्चितता र तत्काल पारिश्रमीक उपलब्ध गराउन बैठकले माँग गरेको महासचिव किरण कर्णले बताउनु भयो ।

 

 प्रदेश समितिमा त्यस्ता पत्रकारहरुको उजुरी समेत परेको छ । श्रमजीवी पत्रकारको गास खोस्ने र श्रम गरेको पारिश्रमीक नदिने त्यस्ता संचार संस्थाकाका बिरुद्ध प्रदेश २ बाट आन्दोलन गर्ने अवस्था बन्दै गएको महासंघका उपाध्यक्ष के.सी.लामिछानेले बताउनु भयो । आन्दोलन हाम्रो रहर हुदैन त्यसलाई आवश्यकता नवनाईदिन सबै संचारगृहहरुलाई नेपाल पत्रकार महासंघ प्रदेश २ को आग्रह लामिछानेले भन्नु भयो  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.