logo

कृषि ज्ञानकेन्द्रका हाकिम कमिशनको चक्करमा ,पर्साका किसान समस्याको डंगुरमा

      9/1/2020 गते 00 00 मा प्रकाशित     1541   पटक पढिएको

अखिल नेपाल किसान महासंघ पर्साले कृषि ज्ञान केन्द्र पर्सा किसानका समस्याहरु हल गर्न उदासिन रहेको आरोप लगाएको छ । 

 


 मल,वीउ विजन, औजार,सिचाई ,विमा, कृषि ज्ञान परामर्श ,उत्पादनको मुल्य र बजारको उचित ब्यवस्थापन कृषि ज्ञान केन्द्रको कामको क्षेत्र भएपनि त्यसका जिम्मेवार ब्यक्तिहरु कमिशन केन्द्रीत भएकोले पर्साका किसानले समस्या भोग्नु परेको अम्भिर आरोप महासंघले लगाएको छ । 
            
महासंघले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङलाई ज्ञापन पत्र बुझाउदै किसानको समस्याहरु हल गर्न अपिल समेत गरेको  छ ।

 

गत आ.ब २०७६।७७ मा नेपालकै इतिहासमाा पहिलो जिल्ला हो १७ करोड रकम फ्रिज भएको तर कर्मचारीले पाउनु पर्ने तलब बाहेकको अतिरिक्त सुबिधा भने ८० प्रतिशत भूक्तानी भएको छ । काम नभएर रकम फ्रिज हुने संस्थामा काम गरेर खाने सुविधा भने सकिएको देखिन्छ । महासंघ पर्साका अध्यक्ष शम्भू पाण्डेले यही बेथितिको बिषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

 

  कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादव विगत डेढ महिना देखि कार्यालयमा उपस्थिति नहुंदा कार्यालयको कतिपय कार्यहरु पनि प्रभावित भएको छ । किसानहरुले लगाएको बालीमा विभिन्न किसिमका रोगहरु देखापर्न थालेपछि किसानहरु परामर्श तथा किटनाशक औषधीको लागि कार्यालयमा पुग्दा कार्यालय प्रमुख डा. यादव कार्यालयमा नभेटदा किसानहरु निरास भएर फर्किन बाध्य भएका छन् ।

 

कृषि ज्ञान केन्द्रमा एक मात्र विशेषज्ञ डा यादवनै भएकोले उहाँ कार्यालयमा नआउदा सेवाग्राही किसानहरु झनै पिडित बनेका छउहाँ  सँग जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आउन नसकेको  किसानको गुनासो रहेको ज्ञापन पत्रमा उल्लेख छ । यादवलाई प्रदेश २ सकारकारका केही मंत्रीले संरक्षण गरेको महासंघले आरोप लगाएको छ । 

 

महासंघ पर्साका अध्यक्ष शम्भु पाण्डेयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएका किसानले ज्ञान केन्द्रबाट पाउनुपर्ने परामर्श लगायतको सेवा सहज रुपमा पाउने व्यवस्था मिलाउन प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

 

 पर्साको अधिकाश  भुभागमा धान रोपाई कार्य सम्पन्न भएको छ । यो वर्ष मनसुन सकृय भएकोले समयमा नै खेती त लगाए तर धान  खेतीमा चाहिने मल अभाव  र कृषि ज्ञान केन्द्र पर्सा को परामर्श को कमीले  किसान सडकमा आउन थालेको छन ।

 

नेपाल सरकारले किसानकालागि मल आपुर्ती नगर्ने भारतबाट समेत किसानहरुले मल  ल्याउदा प्रहरी प्रशासनले आपनो नियन्त्रणमा लिने गर्दा किसान अझ आक्रोसित बनाका छन ।

 

 अभ यस्तो घटना नहोस भने प्रहरी प्रमुख लाई अपिल गर्दछु ।  प्रदेश न.२ ले कृषि ज्ञान केन्द्र पर्साको पहिलो चौमासिक मा किसानहरुलाई दिने  जैविक मल तथा तालिम तथा अन्य कार्यक्रम सचालन गर्ने परिपत्र गरे पनि कृषि ज्ञान केन्द्रको कार्यालय प्रमुख  कार्यालयमा नबस्दा किसानले त्यसको प्रतिफल पाउन सकेका छैनन ।

 

महासंघले यस बिषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण होस भन्ने चाहेको अध्यक्ष पाण्डेले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.