logo

बिजयरामको हत्या बिरुद्ध पर्साका दलीत समुदाय सडकमा, यातना दिने प्रहरी निरिक्षक सहित तीनजना निलम्वित

      9/1/2020 गते 00 00 मा प्रकाशित     1272   पटक पढिएको


रौतहटको गरुडामा प्रहरी हिरासतमा रहेका बिजय रामको प्रहरी यातनाका कारण हत्या भएको बिरोधमा पर्साका दलीत समुदायले संगठीत रुपमा त्यसको बिरोध गरेका छन । हत्याकाण्डको बिरोधमा उनीहरुले आज बिरोध प्रर्दशन समेत गरेका छन । 

 


पर्साको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पांचगावमा संयुक्त दलित संघर्ष समितिको बिरोध प्रर्दशन गरेको हो । समितिले गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञान कुमार महतो सहित दोषी प्रहरीलाई कारवाही गर्न माँग गरेका छन ।पीडितलाई क्षतीपूर्ती ,निरन्जन रामका हत्यारालाई कारवाही र निर्देषलाई रिहा गर्न माँग गरेको छ । 

 

सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर औराहा पाचगावामामा प्रर्दशन पछि कोण सभा सम्पन्न गरिएको थियो । साउन ३१ गते जिगडीयाका निरन्जन रामको धारिले हतियारले घाँटी रेटेर फालिएको अवस्थामा  शलव फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ का बिवेक यादव, १९ का अर्जुन राम, १९ का सिकिन्द्र राम, २० का विजयराम चमार, शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो। उनीहरु बिरुद्ध प्रहरीले भदौ १ गते  कर्तब्य ज्यान अन्र्तगत मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो  ।

 

अनुसन्धानकै क्रममा प्रहरीको यातनाका कारण बिरामी भएका बिजय रामलाई बीरगंजको नेशनल मेडिकल कलेजमा उपचारकोलागि भर्ना गरिएको थियो । उपचारको क्रममा उनको भदौ १० गते मृत्यु भएको थियो । उनको शव अहिले पनि काठमाण्डौ महाराजगंज शिक्षण अस्पतालमा रहेको छ । 

 

यातनाका कारण भएको हत्याको बिरुद्ध पर्साका दलती समुदायले बिरोध प्रर्दशन गर्दै हत्यारालाई कारावाहीको माँग गरेका छन ।

 

 कार्यक्रममा दलित अगुवा लाल बिहारी राम , हरिलाल राम, शुबा राम, महिन्द्र राम, शिवनारायण राम, नन्दलाल राम, दिपेन्द्र राम, परमानन्द राम , पहलाद राम, धुरी रामले आ आफनो बिचार ब्यक्त गर्नु भएको थियो ।  पिस फोर दलित  फाउन्डेसन नेपालको अध्यक्ष  मनोज रामले कार्यक्रम संचालन गर्नु भएको थियो ।आजको भेलाले लाल बिहारी रामको अध्यक्षतामा  संयुक्त दलित संघर्ष समिति , पर्सा गठन पनि गठन गरेको छ ।

यसैवीच बिजय रामको मृत्यूको घटना छानविनका लागी एकजना प्रहरी निरिक्षक सहित ३ जना प्रहरी निलम्वित भएका छन ।


इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेका विजय रामसंग सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मन्नु कुमार सिंहलाइ ६ महिनाको लागी निलम्वित गरेको हो ।


घटनाको अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागी निलम्वन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटको पत्र अनुसार प्रहरी निरिक्षक नविन कुमार सिंहलाइ गृह मन्त्रालयको सचिवस्तरको भदौ १५ को निर्णय र प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाइ प्रदेश प्रहरी कार्यालय जनकपुरले ६ महिनाको लागी निलम्वन गरेको छ ।

निरन्जनको हत्या गरेको स्विकार नगरेको भन्दै हिरासतमा प्रहरीले दुइदिन सम्म रड, बासको भाटा र बुटले पिटेर यातना दिएको भन्दै बिजयले बोलेको भिडियो पनि सार्वजनिक भएको थियो

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.