logo

बिजयरामको हत्या बिरुद्ध पर्साका दलीत समुदाय सडकमा, यातना दिने प्रहरी निरिक्षक सहित तीनजना निलम्वित

      9/1/2020 गते 00 00 मा प्रकाशित     1038   पटक पढिएको


रौतहटको गरुडामा प्रहरी हिरासतमा रहेका बिजय रामको प्रहरी यातनाका कारण हत्या भएको बिरोधमा पर्साका दलीत समुदायले संगठीत रुपमा त्यसको बिरोध गरेका छन । हत्याकाण्डको बिरोधमा उनीहरुले आज बिरोध प्रर्दशन समेत गरेका छन । 

 


पर्साको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पांचगावमा संयुक्त दलित संघर्ष समितिको बिरोध प्रर्दशन गरेको हो । समितिले गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञान कुमार महतो सहित दोषी प्रहरीलाई कारवाही गर्न माँग गरेका छन ।पीडितलाई क्षतीपूर्ती ,निरन्जन रामका हत्यारालाई कारवाही र निर्देषलाई रिहा गर्न माँग गरेको छ । 

 

सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर औराहा पाचगावामामा प्रर्दशन पछि कोण सभा सम्पन्न गरिएको थियो । साउन ३१ गते जिगडीयाका निरन्जन रामको धारिले हतियारले घाँटी रेटेर फालिएको अवस्थामा  शलव फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ का बिवेक यादव, १९ का अर्जुन राम, १९ का सिकिन्द्र राम, २० का विजयराम चमार, शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो। उनीहरु बिरुद्ध प्रहरीले भदौ १ गते  कर्तब्य ज्यान अन्र्तगत मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो  ।

 

अनुसन्धानकै क्रममा प्रहरीको यातनाका कारण बिरामी भएका बिजय रामलाई बीरगंजको नेशनल मेडिकल कलेजमा उपचारकोलागि भर्ना गरिएको थियो । उपचारको क्रममा उनको भदौ १० गते मृत्यु भएको थियो । उनको शव अहिले पनि काठमाण्डौ महाराजगंज शिक्षण अस्पतालमा रहेको छ । 

 

यातनाका कारण भएको हत्याको बिरुद्ध पर्साका दलती समुदायले बिरोध प्रर्दशन गर्दै हत्यारालाई कारावाहीको माँग गरेका छन ।

 

 कार्यक्रममा दलित अगुवा लाल बिहारी राम , हरिलाल राम, शुबा राम, महिन्द्र राम, शिवनारायण राम, नन्दलाल राम, दिपेन्द्र राम, परमानन्द राम , पहलाद राम, धुरी रामले आ आफनो बिचार ब्यक्त गर्नु भएको थियो ।  पिस फोर दलित  फाउन्डेसन नेपालको अध्यक्ष  मनोज रामले कार्यक्रम संचालन गर्नु भएको थियो ।आजको भेलाले लाल बिहारी रामको अध्यक्षतामा  संयुक्त दलित संघर्ष समिति , पर्सा गठन पनि गठन गरेको छ ।

यसैवीच बिजय रामको मृत्यूको घटना छानविनका लागी एकजना प्रहरी निरिक्षक सहित ३ जना प्रहरी निलम्वित भएका छन ।


इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेका विजय रामसंग सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मन्नु कुमार सिंहलाइ ६ महिनाको लागी निलम्वित गरेको हो ।


घटनाको अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागी निलम्वन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटको पत्र अनुसार प्रहरी निरिक्षक नविन कुमार सिंहलाइ गृह मन्त्रालयको सचिवस्तरको भदौ १५ को निर्णय र प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाइ प्रदेश प्रहरी कार्यालय जनकपुरले ६ महिनाको लागी निलम्वन गरेको छ ।

निरन्जनको हत्या गरेको स्विकार नगरेको भन्दै हिरासतमा प्रहरीले दुइदिन सम्म रड, बासको भाटा र बुटले पिटेर यातना दिएको भन्दै बिजयले बोलेको भिडियो पनि सार्वजनिक भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.