logo

जनकपुरमा २ सय संक्रमीत सम्पर्क बाहिर भित्र भित्रै महामारी बढने डर, स्थानीय सरकारले गरेन काम 

      8/27/2020 गते 00 00 मा प्रकाशित     1149   पटक पढिएको

प्रदेश २ को प्रशासनक मुख्यालय जनकपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ सय जना  सम्पर्कबिहिन अवस्थामा रहेका छन ।

प्रादेशीक मुख्यालय रहेको जनकपुरमा जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको लापरवाहीका कारण संक्रमीतहरु सम्पर्कबिहिन अवस्था रहेका छन ।

 

संक्रमीतहरु सम्पर्कमा नरहदा महामारी झन फैलन सक्ने अवस्था बनेको छ । स्रोत र साधनमाथिक कब्जा गरेको प्रदेश सरकारको राजधानीको यो हालतको बारेमा प्रदेश सरकार नै बेखवर हुन झनै उदेक लाग्दो बनेको छ । 

संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिलाई सम्पर्क गर्ने काममा स्थानीय प्रशासन र सरकार चनोखो हुनु पर्ने नागरिक अगुवाहरुको भनाई रहेको छ ।

 

कन्टायक्ट ट्रेसिङ, मास ट्रेसिङ र टेस्टिङको ब्यवस्थापनको जिम्मेवारीमा स्थानीय सरकारको भूमिका देखीनु पर्नेमा त्यही कमजोर भएका कारण आज जनकपुरमा २ सय संक्रमीतहरु सम्पर्क बाहिर छन । कर्मचारीको लापरवाहीको कारण उनीहरुको नाम नम्बर र ठेगाना गलत भएको भन्दै उम्किने प्रयास गर्न थालिएकोमा नागरिक अगुवाले त्यस्तो काममालाई गैर जिम्मेवार भन्दै स्थानीय सरकारलाई जावाफदेही बन्न आग्रह गरेका छन । 

सरकारी संयन्त्रले भने पीसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको दावी गरेको छ।

संक्रमितहरू लुकिछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताउनु भयो।

‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन्। यस्तो प्रवृत्तिले गर्दा पीसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाहे भएको छ’, झाले भन्नु भयो , ‘स्वाब संकलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न झमेला भएको छ।

 

’ तर स्वाब संकलनमाजाने कर्मचारीले परिक्षणकर्ताको नाम नामेसी ठेगाना नम्बर ठिक भए नभएको कुनै जाँच नगरेको प्रति भने झाले कुनै प्रतिक्रिया दिनु भएन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.