logo

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल शुरु गरेका छौः प्रजिअ तमाङ 

      8/27/2020 गते 00 00 मा प्रकाशित     1392   पटक पढिएको

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गर्नुभएको छ ।

 

पहिलो चरणमा आज बिहान सञ्चारकर्मीहरुसँग गरेको छलफलमा निषेधाज्ञा कोरोना संक्रमणको चेन ब्रेक गर्ने एक मात्रै उपाय भएपनि यसलाई अब परिवर्तन गर्नेतर्फ आफ्नो सोच भएकोले छलफल शुरु गरिएको बताउनुभयो । उहाँले मान्छेको भीडभाड बढी हुने आवश्यक स्थानहरुमा मात्रै निषेधाज्ञा गरेर अन्य स्थानमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड सहित खुकुलो बनाउदै लगिने बताउनुभयो ।

 

पर्सा जिल्लामा आएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग गरेको भेटघाटमा प्रमुख जिल्ला अधिकारी तामाङले आफ्नो पहिलो प्रथामिकता नै अहिले पर्सा जिल्लालाई कोरोनामुक्त बनाएर ग्रिनजोनमा ल्याउने र त्यसपछि अन्य शान्ति सुरक्षा, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षा र नागरिकलाई सहज सोवा प्रवाहमा केन्द्रीत रहने बताउनुभयो ।

 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि मान्छे मान्छे बीचको सम्पर्कलाई नै रोक्नुपर्ने भएकोले निषेधाज्ञा नै एकमात्रै उपाय भएपनि नागरिकले स्वअनुशासन र स्वास्थ्य सतर्कताको मापदण्ड अवलम्बन गरे यसको चेन ब्रेक हुने र छिट्टै पर्सा जिल्लालाई कोरोनामुक्त बनाउन सकिने बताउनुभयो ।

 

 

उहाँले यसको लागि विभिन्न सरोकारवालाहरुसँग छलफल चलाएको पनि बताउनुभयो । उहाँले नागरिकलाई बैंकीङ सेवामा सहज पार्नका लागि आज बैंकर्सहरुसँग पनि आपूmले छलफल गरेको र भोली उद्योगी, व्यवसायी र राजनीतिक दलहरुसँग पनि छलफल गरेर निषेधाज्ञाको नयाँ मोडालिटीमा जान सकिने बताउनुभयो ।

 

छलफलमा सहभागी सञ्चारकर्मीहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न, गरिब, असहाय नागरिकको जीवकोपार्जन तथा कोरोना संक्रमितहरुको उपचार प्रभावकारी बनाउनुपर्ने सुझाब दिएका थिए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द चौहान, प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे लगायत पर्साका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.