logo

सप्तरीका सांसद डा.यादव पनि कोरोना संक्रमीत,स्वास्थ्य अवस्था सामान्य

      8/14/2020 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

सप्तरी क्षेत्र नम्बर १ बाट  निर्वाचित संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

जनकपुरमा निजी क्लिनीक संचालन गर्दै आउनु भएका ६४ बर्षीय डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

 

बाल रोग विशेषज्ञ डा. यादवले आफू अहिले स्वस्थ्य रहेको बताउनु भएको छ  ।डा. यादवको क्लिनीकमा महोत्तरीबाट उपचारकालागि आएका एक बालक बाट आफूमा कोरोना भाइरसको संक्रमण उहाँले बताउनु भयो ।

 

झाडा पखला लागेर ल्याइएका बालकमा निमोनीया पनि थियो पछि कोरोना भाइरसको संक्रमण बारे परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । 

डा .यादवले  ती बालकलाई आफैंले उपचार गरेका कारण कोरोना सरेको बताउनु भयो । आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको उहाँले बताउनु यभो ।

 

यसैगरि शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा. यादवसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।


जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक चिकित्सिकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

 

त्यस्तै जनकपुरधामस्थित मुक्ति विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा यसअघि पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त बैंकका कर्मचारीहरुको कोरोना संक्रमणको रिपोर्ट ढिला आउँदा अन्य कर्मचारीहरुमा संक्रमण बढेको देखिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.