logo

माडीको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा छलफल गर्न प्रतिनधिमण्डल काठमाण्डौ प्रस्थान 

      8/8/2020 गते 00 00 मा प्रकाशित     879   पटक पढिएको

अयोध्या लगायत माडीका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बोलाएपछि  माडी नगरपालिका नगर प्रमुखको नेतृत्वमा एक प्रतिनिधि मण्डल शनिबार काठमाडौं प्रस्थान गरेको छ ।

माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वको टोलीमा उप मेयर ताराकाजी महत्तो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो माडी नगरपालिका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदी,सिमाविद्व एवम् अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारी रहेका छन् ।

 

प्रतिनिधि मण्डलले आज बेलुकासम्म प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा अयोध्याको प्रसङ्ग, माडीका धार्मिक,पुरातात्विक र ऐतिहासिक महत्वका बारेमा छलफल गर्नुका साथै माडी कुसुमखोला र सुकुम्बासी चेपाङ समुदायको स्थायी बसोबासको विषयमा कुरा गरिने नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

माडी र अयोध्या सम्बन्धि चासो लिईरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार माडी नगरपालिका प्रवक्ता शिवहरि सुवेदीलाई फोन गरेर जानकारीसमेत लिनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.