logo

जिल्ला प्रशासन हर्कतमा, नेशनल मेडिकल कलेजसंग बिरामीको बिवरण माँग

      8/6/2020 गते 00 00 मा प्रकाशित     1078   पटक पढिएको

जिल्ला प्रशसन कार्यालय पर्साले नेशनल मेडिकल कलेजलाई बिहिवार बिहान चलितर महतोको मृत्यु प्रकरणमा मृतकको बिवरण माँग गरेको छ । 

 


पर्साका सहायक प्रमुख जिल्ला अधिकराी ललित कुमार बस्नेतले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजलाई तीन दिन भित्र मृतकको यर्थाथ बिवरण दिन पत्राचार गरेको बताउनु भयो ।

 


जिल्ल प्रशासन कार्यालय पर्साले बिहिवार बिहान मात्र जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गरिने सूचना सम्प्रेषण गरेको थियो  । 

 

निजी अस्पतालहरुले ज्वरो रुघा खोकी भएका कुनै पनि बिरामीलाई अस्पतालमा प्रवेश नै दिदैन । अस्पतालको चक्कर लगाउदा कोभिडको आंशकाम उपचार नपाएर कतिपयले मृत्यृवरण गर्नु परेका घटनाहरु सार्वजनीक भएका छन ।

 

उपचारको यस्तो पृष्ठभूमीमा जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीलाई उपचार नगरि फिर्ता पठाउने अस्पतालाहरुलाई कारवाहीको चेतावनी दिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साको  यस्तो चेतावनी दिएकै दिन नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको उपचार गर्न नमान्दा बिरामीको मृत्यु भएको घटनामा प्रशासन पनि हर्कतमा आएको हो । 


शिक्षण अस्पतालले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षका चलितर महतोको मृत्यु भएको आरोप लागेपछि प्रशासनले कारबाही प्रक्रिया शुरु गरेको हो । 


प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले टेलिफोन मार्फत पनि कलेजका निर्देशक र प्रमुख डाक्टरलाई अस्पतालमा आएका बिरामीको उपचारका लागि उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.