logo

जिल्ला प्रशासन हर्कतमा, नेशनल मेडिकल कलेजसंग बिरामीको बिवरण माँग

      8/6/2020 गते 00 00 मा प्रकाशित     1319   पटक पढिएको

जिल्ला प्रशसन कार्यालय पर्साले नेशनल मेडिकल कलेजलाई बिहिवार बिहान चलितर महतोको मृत्यु प्रकरणमा मृतकको बिवरण माँग गरेको छ । 

 


पर्साका सहायक प्रमुख जिल्ला अधिकराी ललित कुमार बस्नेतले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजलाई तीन दिन भित्र मृतकको यर्थाथ बिवरण दिन पत्राचार गरेको बताउनु भयो ।

 


जिल्ल प्रशासन कार्यालय पर्साले बिहिवार बिहान मात्र जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गरिने सूचना सम्प्रेषण गरेको थियो  । 

 

निजी अस्पतालहरुले ज्वरो रुघा खोकी भएका कुनै पनि बिरामीलाई अस्पतालमा प्रवेश नै दिदैन । अस्पतालको चक्कर लगाउदा कोभिडको आंशकाम उपचार नपाएर कतिपयले मृत्यृवरण गर्नु परेका घटनाहरु सार्वजनीक भएका छन ।

 

उपचारको यस्तो पृष्ठभूमीमा जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीलाई उपचार नगरि फिर्ता पठाउने अस्पतालाहरुलाई कारवाहीको चेतावनी दिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साको  यस्तो चेतावनी दिएकै दिन नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको उपचार गर्न नमान्दा बिरामीको मृत्यु भएको घटनामा प्रशासन पनि हर्कतमा आएको हो । 


शिक्षण अस्पतालले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षका चलितर महतोको मृत्यु भएको आरोप लागेपछि प्रशासनले कारबाही प्रक्रिया शुरु गरेको हो । 


प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले टेलिफोन मार्फत पनि कलेजका निर्देशक र प्रमुख डाक्टरलाई अस्पतालमा आएका बिरामीको उपचारका लागि उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.