logo

झूठको धरातलमा अडिएको प्रदेश सरकार,नागरिक जोगाउन जिम्मेवार बन भन्दै मुख्यमंत्रीलाई सन्देश

      8/6/2020 गते 00 00 मा प्रकाशित     1366   पटक पढिएको

कोरोना भाइरस समुदाय स्तरमा फैलिएको बीरगंजलाई बचाउनकालागि सचेत युवाहरुले प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतलाई एसएमएस पठाएर आग्रह गरेका छन । 

बुधवार युवाहरुले मुख्यमंत्रीलाई एसएमएस पठाएका हुन । माननीय मुख्यमन्त्री ज्यू, कोरोना महामारीले जनता मर्दै छन्, तपाई के गर्दै हुनुहुन्छ ? तपाईंलाई मुख्यमन्त्री पद सम्म पुर्‍याउने प्रदेशको एक सचेत युवा । लेखिएको एसएमएस युवाहरुले पठाएका छन् ।
 
वीरगंजका युवा शिवनाथ यादवको अगुवाईमा सुरेश विडारी, शिव कुमार साह, कविता खड्का, शम्भु कुमार सुमन, दिपेन्द्र यादव लगायतकाले एसएमएस पठाएर मुख्यमन्त्री राउतको ध्यानाकार्षण गराएका छन् ।

 


समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिदा समेत कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा बिरामीको उपचारको बिषयमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै युवाहरुले मुख्यमंत्रीलाई बीरगंजको बारेमा एसएमएस मार्फत मुख्यमंत्रीको भूमिका देखिनु पर्नेमा जोड दिएका हुन । 

 

 संक्रमितहरु अस्पताल र अस्पतालमा भेन्टिलेटरको अभावमा उपचार नपाएर मरिरहेता पनि गद्दी नेतृत्वको प्रदेश सरकारको ध्यान पुग्न नसकेको भन्दै युवाहरुले  एसएमएस पठाएका हुन।  

मुख्यमंत्री राउतको नेतृत्वमा रहेको पिएमसीसीको बैशाख ३१ को बैठकले सीमामा कडाई गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णय पछि मात्र सीमा पारबाट भारतीय मजदुरको आगमन नेपाल तर्फ देखिएको थियो । 


जेठ ६ गते मुख्यमंत्री गद्धीको नेतृत्वमा रहेको पिसीएमसी बैठकले प्रदेशमा ३ सय ५ वटा आइसोलेशन बेड थप्ने निर्णय गर्यो । पर्साको पोखरिया अस्पतालमा २५ बेडको आइसोलेशन थप्ने निर्णय गरेकोमा अहिले सम्म त्यो निर्णय कार्यान्वयन भएको छैन । नागरिकले सरकारी निर्णयको ग्राउण्डमा प्रतिफल पाएका छैनन । 


जेठ २६ फेरीमा पनि  लालबाबु राउतको नेतृत्वमा रहेको निर्देशक समितिले प्रदेश २ मा चारवटा पिसीआर मेशिन थप्ने निर्णय गर्यो । त्यस मध्य एउटा बीरगंजमा दिने निर्णय भएको थियो तर प्रदेश सरकारले त्यो पिसीआर मेशिन उपलब्ध गराएको छैन । गौरमा समेत नयाँ ल्याव सेटअप गर्ने निर्णय थियो त्यो पनि कार्यान्वयन भएन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.