logo

झूठको धरातलमा अडिएको प्रदेश सरकार,नागरिक जोगाउन जिम्मेवार बन भन्दै मुख्यमंत्रीलाई सन्देश

      8/6/2020 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

कोरोना भाइरस समुदाय स्तरमा फैलिएको बीरगंजलाई बचाउनकालागि सचेत युवाहरुले प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतलाई एसएमएस पठाएर आग्रह गरेका छन । 

बुधवार युवाहरुले मुख्यमंत्रीलाई एसएमएस पठाएका हुन । माननीय मुख्यमन्त्री ज्यू, कोरोना महामारीले जनता मर्दै छन्, तपाई के गर्दै हुनुहुन्छ ? तपाईंलाई मुख्यमन्त्री पद सम्म पुर्‍याउने प्रदेशको एक सचेत युवा । लेखिएको एसएमएस युवाहरुले पठाएका छन् ।
 
वीरगंजका युवा शिवनाथ यादवको अगुवाईमा सुरेश विडारी, शिव कुमार साह, कविता खड्का, शम्भु कुमार सुमन, दिपेन्द्र यादव लगायतकाले एसएमएस पठाएर मुख्यमन्त्री राउतको ध्यानाकार्षण गराएका छन् ।

 


समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिदा समेत कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा बिरामीको उपचारको बिषयमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै युवाहरुले मुख्यमंत्रीलाई बीरगंजको बारेमा एसएमएस मार्फत मुख्यमंत्रीको भूमिका देखिनु पर्नेमा जोड दिएका हुन । 

 

 संक्रमितहरु अस्पताल र अस्पतालमा भेन्टिलेटरको अभावमा उपचार नपाएर मरिरहेता पनि गद्दी नेतृत्वको प्रदेश सरकारको ध्यान पुग्न नसकेको भन्दै युवाहरुले  एसएमएस पठाएका हुन।  

मुख्यमंत्री राउतको नेतृत्वमा रहेको पिएमसीसीको बैशाख ३१ को बैठकले सीमामा कडाई गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णय पछि मात्र सीमा पारबाट भारतीय मजदुरको आगमन नेपाल तर्फ देखिएको थियो । 


जेठ ६ गते मुख्यमंत्री गद्धीको नेतृत्वमा रहेको पिसीएमसी बैठकले प्रदेशमा ३ सय ५ वटा आइसोलेशन बेड थप्ने निर्णय गर्यो । पर्साको पोखरिया अस्पतालमा २५ बेडको आइसोलेशन थप्ने निर्णय गरेकोमा अहिले सम्म त्यो निर्णय कार्यान्वयन भएको छैन । नागरिकले सरकारी निर्णयको ग्राउण्डमा प्रतिफल पाएका छैनन । 


जेठ २६ फेरीमा पनि  लालबाबु राउतको नेतृत्वमा रहेको निर्देशक समितिले प्रदेश २ मा चारवटा पिसीआर मेशिन थप्ने निर्णय गर्यो । त्यस मध्य एउटा बीरगंजमा दिने निर्णय भएको थियो तर प्रदेश सरकारले त्यो पिसीआर मेशिन उपलब्ध गराएको छैन । गौरमा समेत नयाँ ल्याव सेटअप गर्ने निर्णय थियो त्यो पनि कार्यान्वयन भएन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.