logo

संकटाको बेलामा खटाएको ठाउमा गएर काम नगर्ने स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

      7/30/2020 गते 00 00 मा प्रकाशित     1006   पटक पढिएको

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने प्रयासमा असहयोग गर्ने केही स्वास्थ्यकर्मीलाई प्रहरी बीरगंज महानगरपालिका कार्यालयबाट नियन्त्रणमा लिएको छ ।

 

जिल्ला संकट ब्यवस्थापन केन्द्रले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा परिक्षण गर्नकालागि बीरगंज महानगरपालिकासंग प्विधिक जनशक्ति माँग गरेको थियो ।

 

महानगरले ३० जना आफना कर्मचारीलाई परिक्षण तिब्र बनाउन स्वाब संकलन लगायतका काममा सहभागि हुनकालागि पठाएको थियो । काममा जान अटेर गरि बसेका त्यस्ता स्वास्थ्यकर्मीहरुलाई प्रहरीले आज कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । 


नियन्त्रणमा परेका स्वास्थ्यकर्मीले भने  कोरोना महामारी नियन्त्रणको अभियानमा पूर्वाग्रही तरिकाले महानगरले खटाएको भन्दै गुनासो पोख्न बिहीबार बिहान महानगरपालिका जाँदा  एक्कासी प्रहरीले नियन्त्रणमा लिएका बताएका छन ।  

 पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले भने जिम्मेवारी अनुसार काममा नगाएका स्वास्थ्यकर्मीचारीलाई खटाएको ठाउमा किन नगएको हो भन्ने बुझ्न जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाएको बताउनु भयो । उहाँले २५ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको बताउनु भयो  ।

जिल्ला सकंट ब्यवस्थापन समितिले जनशक्ति माँग गरे अनुरुपमा ३० जनालाई पठाइएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो ले बताउनु भयो ।

 

आलोपाले खट्ने बिषय भएकोले यसमा पूर्वाग्रही हुनु पर्ने कुनै कारण नरहेको बताउदे यो कोभिड बिरुद्धको अभियानमा स्वास्थ्यकर्मीले आफनो कर्तब्य निर्वाह गर्ने बेला भएको बताउनु भयो । उहाँले सेवा र सुविधामा बारेमा पछि पनि छलफल गर्न सकिने भन्दै काममै नजानु गलत भएको बताउनु भयो ।  खटाएको काममा नजाने स्वास्थ्यकर्मीलाई महानगरले पनि कारवाही गर्ने महतोले जानकारी दिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.