logo

बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा,तत्काल निषेधाज्ञा लगाउन महानगर प्रमुख सरावगीको माँग

      7/23/2020 गते 00 00 मा प्रकाशित     6052   पटक पढिएको

बीरगंज महानगरपालिका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा निषेधाज्ञा लगाउन माँग गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगर प्रमुख सरावगीले निषेधज्ञा लगाउन माँग गर्नु भएको हो । 

 


कोरो भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं ६ मध्य बीरगंजको मिना बजारका एक ७० वर्षिय बृद्धको मृत्यु भएपछि बीरगंजको अवस्था निकै अन्यौलपूर्ण भएको बेलामा महानगर प्रमुखले निषेधाज्ञाको माँग गर्नु भएको हो । 

 


उहाँले स्थानीय प्रशासनको लापरवाहीका कारण बीरगंजमा संक्रमण समुदाय स्तरमा फैलिएको आरोप लगाउनु भयो । बीरगंज पथलैया औधोगिक करीडोरमा रहेका उधोग प्रतिष्ठानहरुमा अधिकांश मजदुरहरु भारतीय रहेका छन । लकडाउनको समयमा पनि उनीहरु बीरगंज प्रवेश गरेका छन र यो क्षेत्रका उधोगहरु संचालनमा छन । सीमा क्षेत्रबाट अनधिकृत कारोवारमा संलग्न ब्यक्तिहरु बीरगंज र सीमापार आवत जावत भइरहेको छ । सैयौ मान्छे दैनीक तस्करीका सामान बोकेर बीरगंज प्रवेश गर्छन ।

 

बीरगंजमा रक्सौलका कतिपय ब्यापारीको पसलहरु छन ति ब्यपाराीहरु दैनीक पसल खोलन आउनछन र राती उै फर्किन्छ । यसरीमा सीमापारका मान्छेहरु प्रहरीलाई केही रुपैया दिएको भरमा नेपाल प्रवेश गर्न पाइरेको बिभिन्न स्रोतको दावी छ । 

 


बीरगंज महानगरका प्रमुख सरावगीको बुझाई पनि यस्तै कारणले कोरोनाको संक्रमण बीरगंजमा समुदाय स्तरमा फैलेको हो भन्ने छ । बीरगजमा चिकित्सकमा संक्रमण फेला परेको छ । कोरोना भाइरसको परिक्षण गर्ने ल्याबमा गएकी महिलामा कोरोना भाइरसको संक्रमण भएको दावी उहाँका आफन्तजनको छ । परिक्षण गर्ने प्रयोगशाला संक्रमीत भएको दावीले कैयौ प्रश्नहरु समेत उब्जाएको छ । 


महानगर प्रमुख सरावगीले परिक्षणको गती बढाएर संक्रमीतहरुलाई आइसोलेट गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो । २० हजार नागरिकको कोरोना भाइरसको परिक्षण गर्न सक्ने गरि हामी तयारी अवस्थामा छौ  उहाँले भन्नु भयो ।

 

उहाँले कोभिड अस्पतालको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएपनि उसले कुनै पहल नगर्दा गण्डकलाई महानगरको प्रयासमा कोभिड अस्पताल बनाएर चलाएको स्मरण गर्दै अव सम्झौता सकिन लागेको छ  कोभिड अस्पताल कसरी संचालन गनेृ भन्ने कुरमा प्रदेश सरकारको ध्यानकर्षण होस भन्नु भयो । 


महानगरले ५० हजार घरका एक एक जनाको कोरोना परीक्षण गर्ने योजना राखेको छ । यसका लागि ३५ जना स्वास्थ्यकर्मीलाई तालीम दिएर स्वाब संकलन केन्द्रसमेत तोकिसकिएको महानगरले बताएको छ । 

 

महानगरको योजना अन्योलमा परेपछि स्थानीय समितिमार्फत स्वीकृतिका लागि केन्द्रीय संयन्त्रलाई पत्र पठाइएको प्रमुख सरावगीले बताउनु भयो  ।

 

महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई पनि समन्वय र सहयोगका लागि पत्राचार गरेको छ ।तर स बिषयमा माथिल्लो निकायले कुनै निर्देशन अहिले सम्म नदिएको प्रमुख सरावगीले बताउनु भयो । 

 


महानगरले  द्रुत परिक्षणकालागि पिसीआर मेशीन खरिद गरेर नारायणी अस्पतालमा जडान गरेको छ । २५ हजार भीटीएम किट, २ हजार आरटी पीसीआर कोभिड टेस्ट किट र २ हजार आरएनए एक्सट्रयाक्सन किट खरीद गरिसकेको छ । २० हजार नागरिकको कोरोना भाइरसरको संक्रमण परिक्षण गर्न सक्ने तयारी अवस्थामा बीरगंज भएपनि परिक्षणको इजाजत नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.