logo

अध्यक्ष चौरसिया बिरुद्ध उपाध्यक्ष आन्दोलनमा , जसपाले सकेन घर झगडा मिलाउन, कार्यालयमा तालाबन्दी

      7/19/2020 गते 00 00 मा प्रकाशित     1705   पटक पढिएको

पर्साको पकाह मैनपुर गाउँपालिकामा अनियमितता भएको भन्दै त्यसका बिरुद्ध उपाध्यक्ष आन्दोलनमा उत्रिनु भएको छ । पकाह मैनपुर गाउँपालिकाको उपाध्यक्ष कुश्मी देवी अनियमितता बिरुद्ध आफै कार्यालयमा तालाबन्दी गर्न जानु भयो । उहाँले स्थानीयले पनि पूर्ण सहयोग गरे । 

 


गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया र प्रमुख प्रशासकिय अधिकृत महेश सिंह ले गाँउपालिकाको बजेट हिनामिना गरेकोले त्यसको बिरुद्ध उपाध्यक्षले अनियमितता बिरुद्ध मोर्चा खोल्नु भएको हो । उपाध्यक्षको नेतृत्वमा गएको जनताको टोलीले आज कार्यालयमा तालाबन्दी गरेको छ । 


तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपको प्रतिवाद गर्दा उपाध्यक्ष कुश्मी देवी घाइते हुनु भएको छ । उहाँको बीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 


उपाध्यक्षले गाउँपालिकाको हिसाव किताव पारदर्शी हुनु पर्ने आँफ्नो माँग रहेको बताउनु भयो ।कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विनियोजना गरिएको ९० लाख मध्ये ४० लाख मात्र खर्च भएको बाँकी ५० लाख अध्यक्ष चौरसीयाले हिनामिना गरेको उपाध्यक्षले आरोप लगाउनु भयो ।

 

गत आर्थिक वर्ष २०७६र०७७ मा इन्धनमा खर्च गरिएको ३० लाख, गाँउपालिकाको एम्बुलेन्स, जेसीबी र ठेक्कामा लागेको २ वटा पोखरीको आम्दानी पनि अध्यक्ष चौरसीयाले सार्वजनिक नगरि हिनामिना गरेको उपाध्यक्ष कुश्मी देवीको आरोप छ  ।

 


चालु आर्थिक वर्षको बजेट  नीति तथा कार्यक्रमकालागि आयोजीत गाँउ सभा उपाध्यक्ष कुश्मीदेवीले बहिष्कार गर्नु भएको थियो । बजेट पारदर्शी नभएको भन्दै उहाँले सभा बहिष्कार गर्नु भएको थियो । कार्यपालिकाको बोर्ड बैठकमा जाँदा समेत आफु जादा बस्ने कुर्सी समेत अध्यक्ष चौरसीयाले हटाइ दिने गरेको उहाँले बताउनु भयो । 

 

गाँउपालिकाको आम्दानी सार्वजनिक गर्न पटक पटक आग्रह गरे तर उनले मेरो कुरा सुन्दै सुनेन् , कुश्मी देवीले भन्नु भयो  ‘बोर्ड बैठकमा जादा मेरो कुर्सी नै फयाकी दिए, बोर्ड सदस्यहरुलाई मोबाइल बाडेर गाँउपरिषद गराए ।


कुश्मी देवी शहीद शत्रुघ्न पटेलको आमा हुनुहुन्छ । चौरसिया र कुश्म देवी एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन । चौरसिया पढेलेखेका बिद्वान शिक्षक पेशाबाट राजनीतिमा आउनु भएकाले राम्रो गर्न सक्ने सबैले अपेक्षा गरेका थिए ।

 

तर अपेक्षा बिपरित सरकारी बजेट भाइ भतिजा भान्जालाई  बितरण गरेर मनपरि गर्न थालेको जनता समाजवादी पार्टीका नेताहरुले बताउनु थालेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.