logo

अध्यक्ष चौरसिया बिरुद्ध उपाध्यक्ष आन्दोलनमा , जसपाले सकेन घर झगडा मिलाउन, कार्यालयमा तालाबन्दी

      7/19/2020 गते 00 00 मा प्रकाशित     1898   पटक पढिएको

पर्साको पकाह मैनपुर गाउँपालिकामा अनियमितता भएको भन्दै त्यसका बिरुद्ध उपाध्यक्ष आन्दोलनमा उत्रिनु भएको छ । पकाह मैनपुर गाउँपालिकाको उपाध्यक्ष कुश्मी देवी अनियमितता बिरुद्ध आफै कार्यालयमा तालाबन्दी गर्न जानु भयो । उहाँले स्थानीयले पनि पूर्ण सहयोग गरे । 

 


गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया र प्रमुख प्रशासकिय अधिकृत महेश सिंह ले गाँउपालिकाको बजेट हिनामिना गरेकोले त्यसको बिरुद्ध उपाध्यक्षले अनियमितता बिरुद्ध मोर्चा खोल्नु भएको हो । उपाध्यक्षको नेतृत्वमा गएको जनताको टोलीले आज कार्यालयमा तालाबन्दी गरेको छ । 


तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपको प्रतिवाद गर्दा उपाध्यक्ष कुश्मी देवी घाइते हुनु भएको छ । उहाँको बीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 


उपाध्यक्षले गाउँपालिकाको हिसाव किताव पारदर्शी हुनु पर्ने आँफ्नो माँग रहेको बताउनु भयो ।कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विनियोजना गरिएको ९० लाख मध्ये ४० लाख मात्र खर्च भएको बाँकी ५० लाख अध्यक्ष चौरसीयाले हिनामिना गरेको उपाध्यक्षले आरोप लगाउनु भयो ।

 

गत आर्थिक वर्ष २०७६र०७७ मा इन्धनमा खर्च गरिएको ३० लाख, गाँउपालिकाको एम्बुलेन्स, जेसीबी र ठेक्कामा लागेको २ वटा पोखरीको आम्दानी पनि अध्यक्ष चौरसीयाले सार्वजनिक नगरि हिनामिना गरेको उपाध्यक्ष कुश्मी देवीको आरोप छ  ।

 


चालु आर्थिक वर्षको बजेट  नीति तथा कार्यक्रमकालागि आयोजीत गाँउ सभा उपाध्यक्ष कुश्मीदेवीले बहिष्कार गर्नु भएको थियो । बजेट पारदर्शी नभएको भन्दै उहाँले सभा बहिष्कार गर्नु भएको थियो । कार्यपालिकाको बोर्ड बैठकमा जाँदा समेत आफु जादा बस्ने कुर्सी समेत अध्यक्ष चौरसीयाले हटाइ दिने गरेको उहाँले बताउनु भयो । 

 

गाँउपालिकाको आम्दानी सार्वजनिक गर्न पटक पटक आग्रह गरे तर उनले मेरो कुरा सुन्दै सुनेन् , कुश्मी देवीले भन्नु भयो  ‘बोर्ड बैठकमा जादा मेरो कुर्सी नै फयाकी दिए, बोर्ड सदस्यहरुलाई मोबाइल बाडेर गाँउपरिषद गराए ।


कुश्मी देवी शहीद शत्रुघ्न पटेलको आमा हुनुहुन्छ । चौरसिया र कुश्म देवी एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन । चौरसिया पढेलेखेका बिद्वान शिक्षक पेशाबाट राजनीतिमा आउनु भएकाले राम्रो गर्न सक्ने सबैले अपेक्षा गरेका थिए ।

 

तर अपेक्षा बिपरित सरकारी बजेट भाइ भतिजा भान्जालाई  बितरण गरेर मनपरि गर्न थालेको जनता समाजवादी पार्टीका नेताहरुले बताउनु थालेका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.