logo

संघीय संसदबाट पद गुमाउने पहिलो सांसदको रेकर्ड सरिता गिरीको नाममा , अव सिटौला सांसद बन्ने 

      7/9/2020 गते 00 00 मा प्रकाशित     1112   पटक पढिएको

नयाँ संविधान जारी भएपछि गठन भएको संघीय संसदबाट पद गुमाउने पहिलो सांसदको रेकर्ड सरिता गिरीले कायम गर्नु भएको छ ।


उहाँले प्रतिनिधित्व गर्ने पार्टी नवगठीत समाजवादी पाटीबाट खस आर्य कोटाबाट संघीय ससदमा समानुपातिक सासद हुनु भएकी गिरीको प्रतिनिधि  सभाको सदस्य पद रिक्त भएको संसद सचिवालयले जनाएको छ । 

 

पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय गरेको पत्र संसद सचिवालयमा पुगे पछि सचिवलायले पद रिक्त भएको जनाएको हो ।


समाजवादी पाटीले गिरीलाई निष्काशन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न बुधबार सचिवालयमा पत्र पठाएको थियो । राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधान बमोजिम उहाँको पद रिक्त भएको सचिवालयले जनाएको छ ।

 

संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त हुनु भएको छ।

 

निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा पर्नु भएकी  गिरीलाई आज संसद सचिवालयले सूचना प्रकाशित गरेर पदमुक्त भएको जानकारी गराएको हो ।

 

सरकारले निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्न प्रस्ताव गरेपछि गत २८ जेठमा संशोधन हाल्नु भएको थियो। उक्त संशोधन फिर्ता लिन सोही दिन प्रमुख सचेतक उमाशंकर अरगरियाले दिएको निर्देशन अस्वीकार गरेपछि गत ११ असारमा उहाँलाई स्पष्टीकरण सोधिएको थियो । 

 

गिरीको पद रिक्त भएसँगै उहाँको ठाउँमा अब लिला सिटौला सांसद बन्ने निश्चित छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.