logo

प्रधानमंत्रीको पक्षमा गगनभेदी नारा लगाउदै युवाहरु सडकमा,आजकालागि होइन भोलीलाई मेरो साथ ओलीलाई

      7/4/2020 गते 00 00 मा प्रकाशित     1714   पटक पढिएको

पानी दर्कीरहेको छ । छातीमा राष्ट्रिय झण्डा बोकेका युवाहरुको एउटा हुल बीरगंजको घण्टाघरबाट शहरको मुख्य भाग आदर्शनर तर्फ लाग्यो । उनीहरुको अग्रभागमा प्रधानमंत्री केपी ओलीको ठुलोे तस्विर सहितको ब्यानर छ । देशको मुहार फेर्नु छ साथी पार्टी भन्दा राष्ट्र माथि भन्ने नारा ब्यानरमा लेखिएको छ । 

 


झमझम पानीमा रुज्दै प्रर्दशनमा उत्रिएका युवाहरमा भारतप्रति खास आक्रोश छ । उनीहरु भारतीय बिस्तारबाद मूर्दाबाद  । आजकालागि होइन भोलीलाई मेरो साथ ओलीलाई ,बिदेशी हस्तक्षेप मूर्दावाद ,नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो, अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर गगन भेदी नारा लगाउदै  नगर परिक्रमा गरे ।

 

उनीहरु प्रधानमंत्री केपी ओलीलाई अप्ठयारोमा पार्ने, सत्ताच्यूत गर्ने सम्मको खेल भएको भन्दै त्यस बिरुद्ध प्रधानमंत्रीको पक्षमा प्रर्दशनमा उत्रिएका हुन । 

भारतले नेपालको सत्ताधारी दल फूटाउन खोजेको कुरा नेपाली तथा भारतीय संचारमाध्यममा निकै प्रकाशन र प्रशारण भइरहेको पृष्ठभूमीमा  पार्टी भित्रैबाट प्रधानमंत्री ओलीको राजीनामा माँग गरिएपछि बीरगंजमा पनि युवाहरुले राष्ट्रवादी अडान राख्ने प्रधानमंत्री ओलीलाई हटाउन हुदैन भन्दै प्रर्दशन गरेका हुन ।

 

स्वतन्त्र युवा सामाजको नाममा यो प्रर्दनश गरिएको थियो । हनिफ मियाको नेतृत्वमा निस्केको युवाहरुको प्रर्दशन गरेका हुन । प्रर्दशन पछि घण्टाघरमा आयाजना गरिएको कोण सभामा मियाले नागरिकता बिधयेकको चर्चा गर्नु भयो । संसारको कुन देशमा अंगिकृत नागरिकलाई आजको भोली नागरकिता दिने प्रचलन छ भन्दै प्रश्न गर्नु भयो ।

 

नेपालमा बैबाहिक अंगिकृतकालागि नागरिकता दिने बिषयमा राखिएको हदम्याद देश अनुकुल भएको चर्चा गर्दै बिदेश दलालहरु यसको बिरुद्ध लागेको टिप्पणी गर्नु भयो । उहाँले मुलुकको हितमा राम्रो अडान लिने र प्रगतीशिल काम गर्ने प्रधानमंत्री ओलीलाई पदबाट हटाउने षडयन्त्र बन्द गर्न चेतावनी दिनु भयो । 


कोण सभामा युवा नेता अकलेश साहले पनि मन्तब्य ब्यक्त गर्नु भएको थियो । यस अघि प्रर्दशन केन्दीत रहेर नेकपा महानगर कमिटीका अध्यक्ष रहबर अन्सारी यन्चार्ज दिनेश राईले बिज्ञप्ति नै जारी गरेर प्रर्दशन नगर्न आग्रह गर्नु भएको थियो । त्यस्तै नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले पनि प्रर्दनश नगर्न आम कार्यकर्ताहरुलाई अपिल गर्नु भएको थियो । 


अहिलेको समय प्रधानमन्त्रिलाई हटाउने नभई विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई हटाउने समय भएको भन्दै विरोधमा सहभागिहरुले आक्रोश पोखेका थिए । बिहान परेको झरीको प्रवाह नगरी प्रधानमन्त्रि ओलिको समर्थनमा प्रदर्शन गरिएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.