logo

प्रधानमंत्रीको पक्षमा गगनभेदी नारा लगाउदै युवाहरु सडकमा,आजकालागि होइन भोलीलाई मेरो साथ ओलीलाई

      7/4/2020 गते 00 00 मा प्रकाशित     1499   पटक पढिएको

पानी दर्कीरहेको छ । छातीमा राष्ट्रिय झण्डा बोकेका युवाहरुको एउटा हुल बीरगंजको घण्टाघरबाट शहरको मुख्य भाग आदर्शनर तर्फ लाग्यो । उनीहरुको अग्रभागमा प्रधानमंत्री केपी ओलीको ठुलोे तस्विर सहितको ब्यानर छ । देशको मुहार फेर्नु छ साथी पार्टी भन्दा राष्ट्र माथि भन्ने नारा ब्यानरमा लेखिएको छ । 

 


झमझम पानीमा रुज्दै प्रर्दशनमा उत्रिएका युवाहरमा भारतप्रति खास आक्रोश छ । उनीहरु भारतीय बिस्तारबाद मूर्दाबाद  । आजकालागि होइन भोलीलाई मेरो साथ ओलीलाई ,बिदेशी हस्तक्षेप मूर्दावाद ,नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो, अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर गगन भेदी नारा लगाउदै  नगर परिक्रमा गरे ।

 

उनीहरु प्रधानमंत्री केपी ओलीलाई अप्ठयारोमा पार्ने, सत्ताच्यूत गर्ने सम्मको खेल भएको भन्दै त्यस बिरुद्ध प्रधानमंत्रीको पक्षमा प्रर्दशनमा उत्रिएका हुन । 

भारतले नेपालको सत्ताधारी दल फूटाउन खोजेको कुरा नेपाली तथा भारतीय संचारमाध्यममा निकै प्रकाशन र प्रशारण भइरहेको पृष्ठभूमीमा  पार्टी भित्रैबाट प्रधानमंत्री ओलीको राजीनामा माँग गरिएपछि बीरगंजमा पनि युवाहरुले राष्ट्रवादी अडान राख्ने प्रधानमंत्री ओलीलाई हटाउन हुदैन भन्दै प्रर्दशन गरेका हुन ।

 

स्वतन्त्र युवा सामाजको नाममा यो प्रर्दनश गरिएको थियो । हनिफ मियाको नेतृत्वमा निस्केको युवाहरुको प्रर्दशन गरेका हुन । प्रर्दशन पछि घण्टाघरमा आयाजना गरिएको कोण सभामा मियाले नागरिकता बिधयेकको चर्चा गर्नु भयो । संसारको कुन देशमा अंगिकृत नागरिकलाई आजको भोली नागरकिता दिने प्रचलन छ भन्दै प्रश्न गर्नु भयो ।

 

नेपालमा बैबाहिक अंगिकृतकालागि नागरिकता दिने बिषयमा राखिएको हदम्याद देश अनुकुल भएको चर्चा गर्दै बिदेश दलालहरु यसको बिरुद्ध लागेको टिप्पणी गर्नु भयो । उहाँले मुलुकको हितमा राम्रो अडान लिने र प्रगतीशिल काम गर्ने प्रधानमंत्री ओलीलाई पदबाट हटाउने षडयन्त्र बन्द गर्न चेतावनी दिनु भयो । 


कोण सभामा युवा नेता अकलेश साहले पनि मन्तब्य ब्यक्त गर्नु भएको थियो । यस अघि प्रर्दशन केन्दीत रहेर नेकपा महानगर कमिटीका अध्यक्ष रहबर अन्सारी यन्चार्ज दिनेश राईले बिज्ञप्ति नै जारी गरेर प्रर्दशन नगर्न आग्रह गर्नु भएको थियो । त्यस्तै नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले पनि प्रर्दनश नगर्न आम कार्यकर्ताहरुलाई अपिल गर्नु भएको थियो । 


अहिलेको समय प्रधानमन्त्रिलाई हटाउने नभई विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई हटाउने समय भएको भन्दै विरोधमा सहभागिहरुले आक्रोश पोखेका थिए । बिहान परेको झरीको प्रवाह नगरी प्रधानमन्त्रि ओलिको समर्थनमा प्रदर्शन गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.