logo

बिन्दवासनी गाँउपालिकाद्वारा ११० पत्रकारहरुलाई राहत सामग्री बितरण

      7/3/2020 गते 00 00 मा प्रकाशित     1048   पटक पढिएको

कोरोना भाईरसको जोखिममा अग्रमोर्चामा रहेर समाचार समप्रेष्ण गर्दै आइरहेका पर्साका पत्रकारलाई इम्युनिटी बढाउने खाद्य समाग्री बितरण गरिएको छ ।

 

बिन्दवासीनी गाउँपालिकाले खाद्य सामाग्री बितरण गरेको हो । कोरोना संक्रमणको उच्च जोखिमको वीचमा बाट नागरिकलाई सूसूचीत पार्ने काममा अहोरात्र खटिरहेका पर्साका १ सय १० जना पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा तथा खाद्य सामाग्री बितरण गरिएको हो ।

 नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष किरण देवी गुप्ताले पत्रकारलाई समाग्री हस्तान्तरण गर्नु भएको हो ।

 

सो अवसरमा बोल्दै उपमेयर गुप्ताले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै  ईम्युनिटि पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताउनु भयो  

 

 । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ  धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताउनु भयो  । कार्यक्रममा पर्सेली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.