logo

पर्साका प्रमुख जिल्ला अधिकारि मार्फत कर्मचारीले बुझाए  प्रधानमन्त्रीलाई ज्ञापन 

      7/2/2020 गते 00 00 मा प्रकाशित     1122   पटक पढिएको

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साले  प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की मार्फत प्रधानमन्त्रीलाई १७ बुन्दे  ज्ञापनपत्र बुझाएको छ ।

 

निजामती कर्मचारी  युनियन पर्साका अध्यक्ष सुबेदार प्रसाद यादवको नेतुत्वमा गएको टोलीले आजै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापनपत्र बुझाएको हो।

 

निजामती सेवा ऐन २०४९ को दफा ५३ मा भएको सामाजिक सम्वाद र सामाजिक सौदावाजी गर्न पाउने गरि राष्ट्रियस्तरको ट्रेड युनियन सहितको आधिकारिक ट्रेड युनियनको व्यवस्था  गरि ट्रेड युनियनहरुको संघ , प्रदेश र स्थानीय तह बीच अन्तर सम्बन्ध कायम हुने व्यवस्था गर्नु पर्ने, संविधानको धारा २३२ अनुसार सहकारिता , सहअस्तित्व र समन्वयको सिद्धान्तमा राज्यका तिनै तह बीच सहकार्य हुने गरि प्रदेश र स्थानीय तहमा खटाईने प्रमुख , सचिव , प्रदेश सचिव , प्रमुख प्रशासकिय अधिकृत र लेखा प्रमुख सघिय निजामती सेवाबाट खटाउनु पर्ने , आन्तरिक र खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाको सम्बन्धमा निजामती सेवा ऐन , २०४९ को दफा ६ (क) बमोजिमको पदपुर्ती हुने व्यवस्था प्रस्ताबित बिधेयकमा देहाय बमोजिम सुनिस्चित गर्ने, कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित चक्रिय , पुर्वानुमानयोग्य र बैज्ञानिक बनाउनु पर्ने , संघ , प्रदेश र स्थानीय तहमा हाल कायम रहेको श्रेणिगत र तहगत प्रणालीमा एकरुपता ल्याउन कुनै एक प्रणाली लागु गर्नु पर्ने जस्ता माग रहेका छन ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अमित गिरी  शत्रुघन यादव , प्रदिप मेहता, नथुनी मन्डल , , सुनिल कुमार रौनियार ,दिलिप खङ्ग , सोमलाल श्रेष्ठ लगायतका विभिन्न ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.