logo

नागरिकको समस्यामा नेकपाका नेताहरुको चासो 

      7/1/2020 गते 00 00 मा प्रकाशित     1252   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका नेताहरुले जिल्लाका विभिन्न गतिविधिहरुको बारेमा चासो देखाएका छन् । नेकपाका नेताहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मलखादको अभावले कृषकलाई परेको समस्या, कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रण, व्यावस्थापन तथा त्यस क्रममा देखा परेका समस्याहरु, जिल्लामा भईरहेको कालोबजारी लगायतको विषय नियन्त्रणका लागि स्थानीय प्रशासनसँग छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आज प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा नेकपाका नेताहरुले कोरोना महामारीमा स्थानीय प्रशासनले खेलेको भूमिका र विपद व्यावस्थापनका लागि भएको कार्य तथा बर्षायाममा हुन सक्ने संभावित जोखिममा विपद व्यवस्थापनको पूर्व तयारी र सीमा विवादहरुको विषयमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

अहिले मुख्यगरी किसानलाई आवश्यक मलखादहरु कृषि सहकारी मार्फत वितरण गरिने भएपनि कृषि सहकारीहरुले बीचबाटो मै विक्री गरेर सम्बन्धित किसानहरुसम्म नपुग्ने गरेको गुनासो आएकोले त्यसलाई अनुगमन गरी नियन्त्रण गर्न तथा सिँचाईको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको नेकपाका केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज दिनेश राईले बताउनुभयो ।

त्यस्तै भारतीय सीमासँग जोडिएका स्थानहरुमा देखिएको सीमा विवाद, हुलाकी सडकले जनतालाई परेको समस्या लगायतका विषयमा पनि गम्भीर भएर आवश्यक कारवाही अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य राईको नेतृत्वमा गएको टोलीमा नेकपा प्रदेश कमिटि सदस्य बालगोपाल थापा, छोटेलाल यादव, पर्साका अध्यक्ष प्रभु हजरा, सचिव विजय महतो, जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ अन्सारी लगायतको सहभागिता रहेको थियो ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.