logo

नागरिकको समस्यामा नेकपाका नेताहरुको चासो 

      7/1/2020 गते 00 00 मा प्रकाशित     1433   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका नेताहरुले जिल्लाका विभिन्न गतिविधिहरुको बारेमा चासो देखाएका छन् । नेकपाका नेताहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मलखादको अभावले कृषकलाई परेको समस्या, कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रण, व्यावस्थापन तथा त्यस क्रममा देखा परेका समस्याहरु, जिल्लामा भईरहेको कालोबजारी लगायतको विषय नियन्त्रणका लागि स्थानीय प्रशासनसँग छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आज प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा नेकपाका नेताहरुले कोरोना महामारीमा स्थानीय प्रशासनले खेलेको भूमिका र विपद व्यावस्थापनका लागि भएको कार्य तथा बर्षायाममा हुन सक्ने संभावित जोखिममा विपद व्यवस्थापनको पूर्व तयारी र सीमा विवादहरुको विषयमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

अहिले मुख्यगरी किसानलाई आवश्यक मलखादहरु कृषि सहकारी मार्फत वितरण गरिने भएपनि कृषि सहकारीहरुले बीचबाटो मै विक्री गरेर सम्बन्धित किसानहरुसम्म नपुग्ने गरेको गुनासो आएकोले त्यसलाई अनुगमन गरी नियन्त्रण गर्न तथा सिँचाईको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको नेकपाका केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज दिनेश राईले बताउनुभयो ।

त्यस्तै भारतीय सीमासँग जोडिएका स्थानहरुमा देखिएको सीमा विवाद, हुलाकी सडकले जनतालाई परेको समस्या लगायतका विषयमा पनि गम्भीर भएर आवश्यक कारवाही अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य राईको नेतृत्वमा गएको टोलीमा नेकपा प्रदेश कमिटि सदस्य बालगोपाल थापा, छोटेलाल यादव, पर्साका अध्यक्ष प्रभु हजरा, सचिव विजय महतो, जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ अन्सारी लगायतको सहभागिता रहेको थियो ।   

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.