logo

प्रस्तावित नागरिकता बिधयेक बिरुद्ध नागरिक अभियानको अगुवाईमा बीरगंजमा बिरोध प्रर्दशन

      7/1/2020 गते 00 00 मा प्रकाशित     1169   पटक पढिएको

राज्य व्यावस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता विधेयकको बिरोधमा बुधवार वीरगंजमा बिरोध प्रर्दशन गरिएको छ ।


कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विधेयक  ल्याएको भन्दै त्यसलाई फिर्ता गर्नु पर्ने माग गरेका गर्दै प्रर्दशन गरिएको हो । 

कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विधेयक ल्याएर परम्परादेखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको बिरोध प्रर्दशनका सहभागिहरुले आरोप लगाएका छन् । 


प्रर्दशनमा नागरिक समाजका बिभिन्न सरोकार समुहको सहभागिता रहेको छ । नागरिक समाजको आव्हानमा आयोजना गरिएको बिरोध प्रर्दशनमा नेपाली कांग्रेस  र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

 

 बीरगंजको मुख्य शहर परिक्रमा गरि घण्टाघरमा सभा सम्पन्न भएको थियो । सभामा नागरिक सभाजको  तर्फबाट डा. दीपक शाक्य, बिन्दवासिनी गाउँपालिका उपप्रमुख किरण देवी गुप्ता र जनता समाजवादी पार्टीका नेता शशीकपुर मियाले मन्तब्य ब्यक्त गनुृ भएको थियो । वक्ताहरुले सरकारले विधेयक फिर्ता नलिए आन्दोलन झनै कडा पार्ने  चेतावनी  दिएका छन् ।

 

प्रर्दशनमा बीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी उपमेयर शान्ति कार्की नेपाली कांग्रेस  र जनता समाजवादी पार्टी पर्साका नेताहरुको सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.