logo

नागरिकता विधयेकको नेकपा पर्साद्वारा स्वागत, राष्ट्रिय हितका लागि आएको विधयेकको पक्षमा उभिन आग्रह 

      6/30/2020 गते 00 00 मा प्रकाशित     1531   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी पर्साले प्रतिनिधिसभाको राज्य व्यावस्था तथा सुशासन समितिबाट बहुमतले पारित नागरिक विधयेकको स्वागत गरेको छ ।

पार्टीको जिल्ला कार्यालय पर्सामा मंगलबार सम्पन्न बैठकमा संघीय संसदमा प्रस्तुत नागरिकता विधयेकका बिषयमा छलफल गरी २ वर्ष भन्दा समय देखी छलफलमा रहेको नागरिकता संशोधन विधयेक सर्वसम्मत हुन नसकेपछि लोकतान्त्रिक विधिद्वारा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतको आधारमा पास भएर यो विधयेकले छलफलकालागि प्रतिनिधि सभामा प्रवेश पाएकोमा स्वागत गरेको हो ।

नागरिकता संशोधन विधयेकमा भएका प्रबन्धहरु मुलुकको अनुकुलतामा  उचित रहेको र यो बिषय समय सापेक्ष पनि रहेकोले राष्ट्रियता, सम्प्रभूता र सीमाको रक्षाको बिषयसंग पनि जोडिएको बिषय भएकोले नेकपाको बैठक नागरिकता संशोधन विधयेकलाई स्वागत गर्ने निर्णय गरेको हो । लामो समय सम्म निष्कर्षमा नपुगेको नागरिकता संशोधन विधयेक अहिले प्रतिनिधि सभामा पुगेको र विधयेकको प्रतिरक्षा गर्न त्यसको पक्षमा उभिन वकालत गर्न र प्रचार प्रसार गर्नकालागि सिंगो पार्टी पंक्तिलाई आव्हान पनि गरेको छ ।

विधयेकको बिरुद्धमा निर्माण भएका अपवित्र गठबन्धनले सृजना गरेको भ्रम चिर्नका लागि आम जनतालाई सचेत पार्ने काममा aआम कार्यकर्ता पंक्ति परिचालित हुनु आजको आवश्यकता रहेको र यो विधयेक सम्पूर्ण नेपाली महिला मजदुर किसान गरिब शोषित पीडित दलित सीमान्तकृत पिछडा वर्गको महिलाको हितमा रहेको पार्टीको दावी छ । अन्योलतामा नभई मुलुक र नेपाली महिलाको हितमा आएको विधयेकको पक्षमा उभिन आम जनसमुदायलाई पार्टीले अपिल पनि गरेको छ ।

विधयेक मार्फत नेपाली महिलाको शसक्तिकरण, आर्थिक, समाजिक तथा राजनीतिक क्षेत्रमा नेपाली महिलाको अर्थपूर्ण सहभागिताको बाटो खुल्ने भएकोले बिभिन्न स्वार्थ समुह र शक्तिकेन्द्रहरु नेपाली महिलाले प्राप्त गर्ने यो अवसरलाई रोक्ने कोशिस गरिरहेको पनि नेकपा पर्साको निष्कर्ष छ । यो विधयेकले महिलाहरुलाई आर्थिक रुपमा राजनीतिक रुपमा सशक्त बनाउने भएकोले यो विधयेकको नेकपाले स्वागत गर्ने निर्णय गरेको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले जानकारी दिनुभयो ।

अध्यक्ष हजाराको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह, दिनेश राई संविधान सभाका सदस्यहरु जयप्रकाश थारु राजकुमार गुप्ता, पार्टीका प्रदेश कमिटीका सदस्यहरु र बीरगंज महानगर कमिटीका सचिवको सहभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.