logo

जब पार्टी अध्यक्ष यादवले आफै “निलम्वीत” लेख्नु भयो ,रौनीयारको संसदीय दलमै भयो अपमान

      6/28/2020 गते 00 00 मा प्रकाशित     1489   पटक पढिएको

संसदीय दलको बैठकको माइन्यूटमा  उपस्थितिमा हरिनारायण रौनीयारको हस्ताक्षर भयो । संसदीय दलको बैठकमा रौनीयारको उपस्थितिको कसैले  हेक्का राखेका थिएनन ।

 

जव उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गर्नु भयो त्यतीबेलै  पर्साबाटै संसदमा प्रतिनिधित्व गर्ने अर्का साँसदले बैठकको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो “हरि नारायण माननीय जीले हस्ताक्षर त गर्नु भयो उहाँ सासद नै हो की होइन भोली खोजी भयो भने यो निर्णयको अवस्था के होला ?” भन्दै ध्यानाकर्षण गराउनु भयो । 

 


पर्साबाटै प्रतिनिधित्व  गर्ने साँसदले संसदीय दलको बैठकमा यस्तो कुरा उठाएपछि रौनीयार सबैको नजरमा पर्नु भयो । १७ जना सासद रहेको समाजवादी पार्टीका ससदीय दलका सदस्यहरु मध्य रौनीयार बिरुद्ध भ्रष्टाचारको  मुद्धामा बिशेष अदालतमा चलीरहेकोले उहाँको सांसद पद निलम्वीत भएको छ । 

 


संसदीय दलको बैठकमा एकै पटक सन्नाटा छायो । सबै मुखामुख गर्न थाले । संसद पदबाटै निलम्वनमा परेका सांसद रौनीयारलाई नै संसदीय दलको बैठकमा किन बोलाइयो भन्ने गाईगुई चल्न थाल्यो ।

 

कतिपयले रौनीयार जी आफै बैठकमा आउन नहुने कानेखुशी चल्दै थियो त्यतीबेलै पूर्वमंत्री इस्तियाक राइनले दल एकताको सूचना सभामुखलाई दिने संसदीयदलको बैठकको माइन्यूटमा सासद पदनै स्थगन भएको ब्यक्तिको हस्ताक्षर बैठक पुस्तिामा हुदा त्यसले कानूनी मान्यता नपाउने तर्क गर्नु भएको थियो ।

 

राइनको तर्क सुनेपछि दलको बैठकको अध्यक्षता गरिरहनु भएका पार्टी अध्यक्ष उपेन्द्र यादवले माइन्यूट माँगेर आफैले हरि नारायण रौनीयारको नामको अगाडि “निलम्वीत” लेख्नु भएको थियो । 


समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जनता समाजवादी बने पनि संसदीय दलको एकता भएको छैन । त्यसैले दुबै पार्टी एक भएपनि संसद भित्र दुबै संसदीय दल कार्यरत रहेका छन । दुबै दल एक हुनलाई पुरा गर्नु पर्ने प्रक्रियामा दुबै दल रहेका छन । 

पछिल्लो पटक नेपालको निसान छाप परिर्वतनका बिषमा संसदमा दुबै पार्टीले आफना साँसदलाई व्हीप जारी गरेको थियो । दुबै पार्टीको एकता पछि संसदीय दलको बैठक मार्फत सभामुख समक्ष दुबै संसदीय दल एक भएको सूचना दिने प्रयोजनकालागि बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा यस्तो भएको हो । । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.