logo

प्रस्तावित नागरिकता बिधयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बहुमतबाट पारित

      6/21/2020 गते 00 00 मा प्रकाशित     1371   पटक पढिएको

सडक र सदनमा बिरोधको उपक्रम चल्दै गर्दा प्रस्तावित नागरिकता बिधयकले संसद प्रवेशको बाटो पाएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । यो संगै बिधयकले अव प्रतिनिधि सभामा छलफलकालागि प्रवेश पाउने छ । 

नागरिकता बिधयक दुई वर्ष देखी अडकिएको थियो । नेपालीसंग बिवाह गर्ने बिदेशी महिलाले बैवाहिक अंगिकृत नागरिकता लिन ७ वर्ष पर्खिनु पर्ने प्रावधानलाई नेपाली कांग्रेस र जसपालेभने बिरोध गरेका छन । साविकको राजपा र समाजवादी पार्टीले समितिमा आफनो फरक मत दर्ज गरेका छन ।

 

नेपाली कांग्रेस र जसपाले  अहिलेजस्तै विवाह गरेर आएपछि अंगीकृत नागरिकता लिन पाउने व्यवस्था हुनुपर्ने मत राखेका छन् । समितिले बहुमतले पास गरेको प्रस्ताव संविधानको मर्म विपरित भएको दुबै दलका सांसदहरुले बताएका छन् ।

समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहेमा बैबाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबस गरेको हुनुपर्ने व्यवस्था थप गरेको छ ।

नागरिकता नपाउदा सम्मकालागि लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न ‘स्थायी आवासीय अनुमति पत्र’ दिइने प्रावधानमा संशोधनमा समेटिएको छ  ।

यो अनुमतिपत्रका आधारमा चलअचल सम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचविखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र अन्य कारोबार गर्न पाइनेछ ।

यस्तै पेशा र व्यवसाय सञ्चालन गर्न, उद्योग, ब्यापार तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । यस्तै जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता र राष्ट्रिय परिचय पत्र समेत लिन सकिनेछ । अंगीकृत नागरिकता पाएपछि स्थायी आवासीय अनुमतिपत्र स्वतः खारेज हुनेछ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.