logo

पिसीआर परिक्षणको दायरा बढाउन मांग गर्दै नेपाली कांग्रेस पर्साले प्रधानमंत्रीलाई बुझायो ज्ञापन

      6/16/2020 गते 00 00 मा प्रकाशित     934   पटक पढिएको

नेपाली कांग्रेस पर्साले  पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटी परीक्षण बन्द गराउनुपर्नेलगायतका माग राखेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

 

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएको नेताहरुको टोलीले प्रजिअ मार्फत प्रधनमंत्रीलाई आज ज्ञापन पत्र बुझाएको हो  । 

 

उनीहरूले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएका  अनियमितताबारे छानबिन गर्नुपर्ने, विदेशबाट नागरिकको उद्धारमा भएको अनियमितताको समेत छानबिन गर्नुपर्नेलगायतका माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र  बुझाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो।

 

ज्ञापन पत्र मार्फत नेपाली कांग्रेसले कृषि,पर्यटन,र उधोग ब्यवसायलाई पुन उत्थानालागि सरकारले कुनै कार्यक्रम ल्याउन नसक्नु, श्रमीक रोजगार बिद्यार्थी,अपाङगता भएका ब्यक्ति एकल महिला र गर्भवतीहरुलाई कुनै राहत नदिएकोमा समेत  चिन्ता ब्यक्त गरेको छ ।

भोकको समस्याका कारण मानिसले मृत्युवरण गरिसकेको अवस्थामा सरकार असम्बेदनशील रहेको नेपाली कांग्रेस पर्साले ज्ञापन पत्रमा उल्लेख गरेको छ । 


टोलीमा सम्बिधान सभाका सदस्य नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, रामेश्वर रौनीयार,ओमप्रकाश शर्मा,राजेश्वर साह नेता बीरेन्द्रलाल नेपाली रामनारायण कुर्मी ,बिजय सर्राफ ,प्रकाश उपाध्याय ,किशोरी साह रामरुप कुर्मी दीना गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.