logo

पिसीआर परिक्षणको दायरा बढाउन मांग गर्दै नेपाली कांग्रेस पर्साले प्रधानमंत्रीलाई बुझायो ज्ञापन

      6/16/2020 गते 00 00 मा प्रकाशित     1317   पटक पढिएको

नेपाली कांग्रेस पर्साले  पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटी परीक्षण बन्द गराउनुपर्नेलगायतका माग राखेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

 

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएको नेताहरुको टोलीले प्रजिअ मार्फत प्रधनमंत्रीलाई आज ज्ञापन पत्र बुझाएको हो  । 

 

उनीहरूले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएका  अनियमितताबारे छानबिन गर्नुपर्ने, विदेशबाट नागरिकको उद्धारमा भएको अनियमितताको समेत छानबिन गर्नुपर्नेलगायतका माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र  बुझाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो।

 

ज्ञापन पत्र मार्फत नेपाली कांग्रेसले कृषि,पर्यटन,र उधोग ब्यवसायलाई पुन उत्थानालागि सरकारले कुनै कार्यक्रम ल्याउन नसक्नु, श्रमीक रोजगार बिद्यार्थी,अपाङगता भएका ब्यक्ति एकल महिला र गर्भवतीहरुलाई कुनै राहत नदिएकोमा समेत  चिन्ता ब्यक्त गरेको छ ।

भोकको समस्याका कारण मानिसले मृत्युवरण गरिसकेको अवस्थामा सरकार असम्बेदनशील रहेको नेपाली कांग्रेस पर्साले ज्ञापन पत्रमा उल्लेख गरेको छ । 


टोलीमा सम्बिधान सभाका सदस्य नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, रामेश्वर रौनीयार,ओमप्रकाश शर्मा,राजेश्वर साह नेता बीरेन्द्रलाल नेपाली रामनारायण कुर्मी ,बिजय सर्राफ ,प्रकाश उपाध्याय ,किशोरी साह रामरुप कुर्मी दीना गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.