logo

बार्ताबाट हल खोज्न दुबै देशका प्रतिनिधि सहमत,पुल मुनिबाट कुलो लैजान दिन भारतीय पक्षको प्रस्ताव ,फेरी पनि वार्ता हुने

      6/14/2020 गते 00 00 मा प्रकाशित     1099   पटक पढिएको

ठोरी गाउँपालिका वडा २ र ३ जोड्ने ठुटेखोला पुल संचालनमा नेपाल र भारतीय पक्षबीच जारी विवाद सुल्झाउन दुबै देशका स्थानीय जनप्रतिनिधिहरुबीच आज वार्ता भएको छ।

 

ठोरीको ठुटेखोला पुल छेउमा ठोरी गाउँपालिकाका जनप्रतिनिधि र सिमावर्ती भारतीय क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुबीच विवाद समाधानका बारेमा वार्ता भएको हो।

वार्तामा सहभागीहरुले कुलोको बिषयलाई लिएर दुबै पक्षबीचको सम्बन्ध तनावग्रस्त बन्न थालेको तर्फ सतर्क हुनुपर्ने भन्दै आपसी संवाद र वार्तामार्फत समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए।

 

वार्तामा सहभागी भारतीय पक्षले हाल पुरिएको कुलोको विकल्पमा ठुटेखोला पुलमुनीबाट पानी लैजान दिनुपर्ने प्रस्ताव गरेको छ।जवाफमा नेपाली पक्षले ठोरीका स्थानीयसंग छलफल गरेर मात्र निर्णय लिन सकिने बताए।

 

नेपाली पक्षले भारतको प्रस्तावका बारेमा स्थानीयबासीसंग थप छलफल गरेर मात्र निर्णय लिन सकिने बताएपछि फेरि वार्तामा बस्ने गरी आजको छलफल टुङ्गिएको छ।

आजको वार्तामा सहभागी ठोरी ३ का वडाध्यक्ष सुर्य बहादुर लामाले भारतीय पक्षलाई एउटा कुलोमात्र दिन आफुहरु सहमत भएको भन्दै भारतले बलजफ्ती गरेर दुबै कुलो लैजान खोजे सबै कुलो पुर्ने र निर्वाध सडक सन्चालन गर्ने चेतावनी दिए।उनले भारतसँगको आपसी सम्बन्धकै कारण नेपाली पक्षले भारतलाई एउटा कुलो प्रयोग गर्न दिएर दुई देशबीचको सम्बन्ध सुमधुर राख्न खोजेको बताए ।

 

उनले आफुहरुले उदारता देखाउदा पनि भारतीय पक्षले जबर्जस्ति गर्न खोजे त्यो असह्य हुने छ्लफलमा प्रष्ट पारे।त्यस्तै वार्तामा सहभागी ठोरी १ का वडाध्यक्ष राम प्रकाश कुंवरले जिल्ला प्रशासन कार्यालयमा हिजो भएको छ्लफलको बारेमा जानकारी गराउदौ स्थानीय स्तरबाट विवाद सुल्झाउन जरुरी रहेकोे विचार व्यक्त गरे ।

 

उता भारतीय पक्षबाट छलफलमा सहभागी सिमावर्ती धमौरा पन्चायतका मुखिया राम बिहारी महत्तोले आफुहरु संवादमार्फत नै समस्या समाधान गर्न लागिपरेको बताए ।उनले अहिले नेपाली पक्षले एउटा कल्भर्टबाट पानी लैजान दिने निर्णय यथावत राख्दै पुरिएको कुलोको विकल्पमा पुलमुनीबाट पानी लैजान दिन नेपाली पक्षसँग अनुरोध गरे।

 

छलफलमा सहभागी भएका भारतीय पक्षले भारतको उच्च तहबाट नेपाली पक्षसँग विवाद नगर्न र संवादमार्फत नै अहिलेको विवादको निकास खोज्न दबाब आएको बताएका थिए ।छलफलअघि दुबै देशको सिमाना नजिकै सयौंको संख्यामा भारतीय र नेपाली भेला भएका थिए ।


छलफलमा नेपालका तर्फबाट ठोरी १ र ३ का वडाध्यक्षहरु राम प्रकाश कुंवर र सुर्य बहादुर लामा लगायत सन्चारकर्मी तथा भारतीय पक्षबाट धमौरा पन्चायतका मुखिया राम बिहारी महत्तो,पुर्व मुखिया दयानन्द सहनी ,जमुनिया पन्चायतका मुखिया सुनिल गढवाल लगायतको उपस्थिति थियो।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.