logo

बार्ताबाट हल खोज्न दुबै देशका प्रतिनिधि सहमत,पुल मुनिबाट कुलो लैजान दिन भारतीय पक्षको प्रस्ताव ,फेरी पनि वार्ता हुने

      6/14/2020 गते 00 00 मा प्रकाशित     1259   पटक पढिएको

ठोरी गाउँपालिका वडा २ र ३ जोड्ने ठुटेखोला पुल संचालनमा नेपाल र भारतीय पक्षबीच जारी विवाद सुल्झाउन दुबै देशका स्थानीय जनप्रतिनिधिहरुबीच आज वार्ता भएको छ।

 

ठोरीको ठुटेखोला पुल छेउमा ठोरी गाउँपालिकाका जनप्रतिनिधि र सिमावर्ती भारतीय क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुबीच विवाद समाधानका बारेमा वार्ता भएको हो।

वार्तामा सहभागीहरुले कुलोको बिषयलाई लिएर दुबै पक्षबीचको सम्बन्ध तनावग्रस्त बन्न थालेको तर्फ सतर्क हुनुपर्ने भन्दै आपसी संवाद र वार्तामार्फत समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए।

 

वार्तामा सहभागी भारतीय पक्षले हाल पुरिएको कुलोको विकल्पमा ठुटेखोला पुलमुनीबाट पानी लैजान दिनुपर्ने प्रस्ताव गरेको छ।जवाफमा नेपाली पक्षले ठोरीका स्थानीयसंग छलफल गरेर मात्र निर्णय लिन सकिने बताए।

 

नेपाली पक्षले भारतको प्रस्तावका बारेमा स्थानीयबासीसंग थप छलफल गरेर मात्र निर्णय लिन सकिने बताएपछि फेरि वार्तामा बस्ने गरी आजको छलफल टुङ्गिएको छ।

आजको वार्तामा सहभागी ठोरी ३ का वडाध्यक्ष सुर्य बहादुर लामाले भारतीय पक्षलाई एउटा कुलोमात्र दिन आफुहरु सहमत भएको भन्दै भारतले बलजफ्ती गरेर दुबै कुलो लैजान खोजे सबै कुलो पुर्ने र निर्वाध सडक सन्चालन गर्ने चेतावनी दिए।उनले भारतसँगको आपसी सम्बन्धकै कारण नेपाली पक्षले भारतलाई एउटा कुलो प्रयोग गर्न दिएर दुई देशबीचको सम्बन्ध सुमधुर राख्न खोजेको बताए ।

 

उनले आफुहरुले उदारता देखाउदा पनि भारतीय पक्षले जबर्जस्ति गर्न खोजे त्यो असह्य हुने छ्लफलमा प्रष्ट पारे।त्यस्तै वार्तामा सहभागी ठोरी १ का वडाध्यक्ष राम प्रकाश कुंवरले जिल्ला प्रशासन कार्यालयमा हिजो भएको छ्लफलको बारेमा जानकारी गराउदौ स्थानीय स्तरबाट विवाद सुल्झाउन जरुरी रहेकोे विचार व्यक्त गरे ।

 

उता भारतीय पक्षबाट छलफलमा सहभागी सिमावर्ती धमौरा पन्चायतका मुखिया राम बिहारी महत्तोले आफुहरु संवादमार्फत नै समस्या समाधान गर्न लागिपरेको बताए ।उनले अहिले नेपाली पक्षले एउटा कल्भर्टबाट पानी लैजान दिने निर्णय यथावत राख्दै पुरिएको कुलोको विकल्पमा पुलमुनीबाट पानी लैजान दिन नेपाली पक्षसँग अनुरोध गरे।

 

छलफलमा सहभागी भएका भारतीय पक्षले भारतको उच्च तहबाट नेपाली पक्षसँग विवाद नगर्न र संवादमार्फत नै अहिलेको विवादको निकास खोज्न दबाब आएको बताएका थिए ।छलफलअघि दुबै देशको सिमाना नजिकै सयौंको संख्यामा भारतीय र नेपाली भेला भएका थिए ।


छलफलमा नेपालका तर्फबाट ठोरी १ र ३ का वडाध्यक्षहरु राम प्रकाश कुंवर र सुर्य बहादुर लामा लगायत सन्चारकर्मी तथा भारतीय पक्षबाट धमौरा पन्चायतका मुखिया राम बिहारी महत्तो,पुर्व मुखिया दयानन्द सहनी ,जमुनिया पन्चायतका मुखिया सुनिल गढवाल लगायतको उपस्थिति थियो।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.