logo

पूर्वराज्यमंत्री निसाधको निधन,राष्ट्रवादी नेताको अवसान भएको प्रधानमंत्री ओलीको भनाई

      6/9/2020 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी  नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज शोक वक्तव्य जारी गरी निसाध सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा आफूले पाएको बताउनुभएको छ ।   

 

प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा दिवङ्गत हुनुभएका निसाधप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनबाट शोकमा पर्नुभएका परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित निसाधको उपचारकै क्रममा आज मङ्गलबार दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो ।

 

यसअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा मधेश समता पार्टीका तर्फबाट निसाधले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । पछिल्लो समय उहाँले नेतृत्व गर्नुभएको मधेश समता पार्टी नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको थियो ।

 


पूर्वराज्यमंत्री निसाधको गृह गाउँ पकाहा मैनपुर गाउँपालिकाको धोरेमा बैदिक बिधि अनुसार आजै अन्तिम दाह संस्कार भएको छ ।

 

उहाँलाई नेकपा पर्साका नेता तथा कार्यकर्ताले आज अन्तिम श्रद्धाञ्जली दिएका थिए । अन्तयष्टी समारोहमा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह ,प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव सम्बिधान सभाका सदस्य राजकुमार गुप्ता नेकपा पर्साका अध्यक्ष प्रभू हजरा लगायतका नेताहरुको सहभागिता रहेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.