logo

संचारमाध्यममा टिप्पणी नगर्न यादवको निर्देशन,आफूले माफी नमागेको वडाध्यक्ष राउतको भनाई

      5/9/2020 गते 00 00 मा प्रकाशित     1535   पटक पढिएको

बीरगंज २७ बैशाख ।
समाजवादी पार्टीका बिभिन्न तहका नेताहरुको सार्वजनीक संचार माध्यममा आएका अभिब्यक्तिका समबन्धमा पर्सा पार्टी नेतृत्वले चासो देखाएको छ  ।

 

पार्टी एकताले मुलुकको राजनीति  तरंगीत भएको बेलामा पर्सामा पार्टी भित्रका केही नेताहरुको असहिष्णु तथा अलोकतान्त्रिक र अराजनीतिक टिकाटिप्पणी प्रति पार्टीले आफनो गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ ।

 

पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवले शनिवार एक बिज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आपसी सदभाव समन्वय कायम राख्दै रेडियो, टी.बी.समाजिक संजालमा एकअर्का प्रति नाकारात्मक टिप्पणी नगरिदिन हुन सम्पुर्ण पार्टी पंक्तिमा अनुरोध गर्नु भएको छ । 

 

उहाँले कुनै किसिमको असहजता महशुस भएको खण्डमा आपसी समन्वय र सहकार्यबाट नीतिगत समस्याको हल गर्न पहलकदमी लिन समेत अपिल गर्नु भएको छ ।

 

पार्टीको निर्देशनलाई अबज्ञा गर्दै दोष लगाउने र पार्टीको संस्थागत हैसियत माथि प्रश्न उठने बतावरण बनाउने काममा जो सुकै संलग्न भएपनि पार्टीले पार्टीको बिधि र बिधान अनुसार आवश्यक कारवाही गर्ने समेत उहाँले बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।

 

यसैवीच बीरगंज महानगरपालिका वडा न .१४ का वडाध्यक्ष भरत कुर्मीले शनिवार पत्रकार सम्मेलनको आोजना गरि राहत बितरणकालागि वडा न . १४ मा पठाइएको चामल  प्रकरणमा आफूले माँफी नमागेको बताउनु भएको छ । उहाँले आफनो बिरुद्ध षडयन्त्र भएको भन्दै मानमर्दनको प्रयास गरिएको बताउनु भयो । यस्तो कु प्रचारको म भत्सार्न गर्छु वडाध्यक्ष राउतले भन्नु भयो ।

 

शुक्रवार बीरगंज महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले जारी गरेको बिज्ञप्तिमा वडा न. १४ का वडाध्यक्ष कुर्मीले बीरगंज महानगरको बोर्ड बैठकमा माफी मागेको कुरा उल्लेख थियो । वडा न. १४ मा राहत बितरणका क्रममा ३ वटा बोराको चामलमा डल्लो परेको  फेला परेको थियो त्यही बिषयलाई वडाध्यक्ष राउतले संचारमाध्यममा सार्वजनीक गर्नु भएको थियो । सार्वजनीक गर्नु गल्ती भएको भन्दै माफी मागेको महानगरपालिकाले बिज्ञप्ति जारी गरेर जनाएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.