logo

निर्णयमा पूर्नविचार नगरिए आमरण अनशन बस्ने केन्द्रीय सदस्यको चेतावनी

 इसीमाना सम्वाददाता     २०७९ भदौ १८ गते १०: ४७ मा प्रकाशित     579   पटक पढिएको

जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर १ को (क) को प्रदेश सभा सदस्यको उम्मेदवारी सिफारिश विवादमा परेको छ ।

 

एउटा पक्षले प्रदेश सभा सदस्य पदको लागि पुन नेता कार्यकर्ताहरुको भेला गराई अर्को निर्णय गर्नुपर्ने माँग राखेको छ । पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरीले अर्को भेलाको माँग राखी पार्स पार्टी नेतृत्वलाई शनिवार ज्ञापन पत्र बुझाएका छन ।

 

मंसूरीको नेतृत्वमा रहेको पार्टीका नेता कार्यकर्ताहरुले पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवलाई ज्ञापन पत्र बुझाएका हुन । २४ घण्टाभित्र पर्सा क्षेत्र नम्बर १ को भेला गराई (क) तर्फको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्गो लगाउन माँग गरेका छन।

 

२४ घण्टा भित्र पार्टीले माँग पुरा नगरे आमरण अनशन बस्ने चेतावनी समेत केन्द्रीय सदस्य मंसूरीले दिएका छन ।

अन्य उम्मेदवार हुदाँहुदै पनि वर्तमान प्रदेश सभा सदस्य जन्नत अंसारीको नाम एक्लौटी रुपमा सिफारिस गरेपछि पार्टी भित्र विवाद शुरु भएको हो ।

 

क्षेत्र नम्बरको १ को क्षेत्रिय भेलाले अंसारीलाई प्रदेश सभा सदस्यको लागि सिफारिसको निर्णय गरेपछि पार्टी भित्र नै विवाद शुरु भएको हो ।

 

पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरी र पार्टीकै मधेश प्रदेश समिति उपाध्यक्ष बृजमोहन तिवारीले यसअघि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अलोकतान्त्रिक तवरमा प्रदेश सभा सदस्यमा गरिएको सिफारिस कुनैपनि हालतमा मान्य नहुने चेतावनी समेत दिएका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.