logo

एमाले र कांग्रेस उम्मेदवार फिारिश गर्दै ,कांग्रेस नेता चौरसिया सिफारिशमै परेनन

 इसीमाना सम्वाददाता     २०७९ भदौ १५ गते १०: ३३ मा प्रकाशित     527   पटक पढिएको

मंसीर ४ मा हुने प्रदेश तथा संघीय सासदको चुनावकालागि दलहरु उम्मेदवारको सिफारिशमा जुटेका छन ।

 

पर्सामा नेकपा एमाले र नेपाली कांग्रेसले आफनो दलको तर्फबाट प्रत्यक्ष तथा सामानुपातिक रुपमा प्रतिस्पर्धामा उत्रिने नेताहरुको नाम उम्मेदवारमा सिफारिश गरेको छ ।
नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समन्वय कमिटीको बैठकले ३ जनाको नाम सिफारिश गरेको छ ।

क्षेत्र नम्बर १ का संयोजक लालबाबु शेषको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि संबिधान सभाका सदस्य जुनैद अन्सारी ईस्लाम हवारी र बसरुदिन अन्सारीको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ पार्टीका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, डा. विशम्भर कुमार शर्मा, बाबुराम कौशिक, पत्रकार के.सी.लामिछाने ,श्याम बन्जारा उर्मिला श्रेष्ठ, मेघराज पासवान, उर्मिला शर्मा र रञ्जु फुयालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । त्यसैगरि पर्सा क्षेत्र नं २ को प्रदेश सभा (क) र (ख)को बुधवार सम्पन्न बैठकले प्रतिनिधि सभाकालागि संबिधान सभाका सदस्य राजेन्द्र बहादुर अमात्यको उकल नाम सिफारिश गरेको छ ।

 

यही क्षेत्रबाट प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा भाग लिएका नेपाली कांग्रेसका नेता अजय कुमार चौरसियाको नाम भने सिफारिश भएको छैन ।

 

अमात्यको नाम एकल सिफारिशसंगै नेपाली कांग्रेसकालागि पर्सा दुईको राजनीति निकै अर्थपूर्ण बनेको छ । पर्सा क्षेत्र नं २ गठबन्धनको पक्षमा जाने भएको पूर्व आकंलनका कारण चौरसियाले आफनो दावी पेश नगरेको बिश्लेषण पनि कांग्रेसबृतमा शुरु भएको छ ।


नेपाली काँग्रेस प्रदेश सभा पर्सा क्षेत्र नं २ को (क) क्षेत्रिय समितिले प्रदेश सभाको प्रत्यक्ष तर्फ पनि सर्वसम्मत रुपमा एकल नाम सफिारिश गरेको छ ।

पर्सागढी नगरपालिकाको वडा नम्बर १ स्थित कोइलाभार मन्दिरमा बसेको प्रदेश सभा क्षेत्रीय समितिको बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य र २ को क बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा बर्तमान प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको एकल नाम सिफारिस गरेको हो ।

यसैगरि उक्त प्रदेशसभा क्षेत्रमा सामानुपाति तर्फ विजय कुमार कर्ण , कामेश्वर मिश्र, वीर बहादुर प्रसाद यादव, भरत प्रसाद तेली, रिमा देवी यादव, मीरा देवी थरुइन्, अर्चना चौधरी र गोकर्ण मैदालीको नाम सिफारिस गरेको छ ।

क्षेत्रिय सभापति बेदमन दास थारुको सभापतित्वमा बसेको बैठकमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह, सहितका नेताहरुको सहभागिता रहेको थियो ।

यसैगरी प्रदेश सभा पर्सा क्षेत्र नं.२ को (ख) क्षेत्रिय समितिले पनि प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधान सभा सदस्य अमात्यको नाम सिफारिस गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित माइस्थान अतिति सदनमा बसेको प्रदेश सभा क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फ डाक्टर सुस्मा तिवारी, कन्हैयालाल केसरी, शम्भु चौहान र रुपा देवी गुप्ता गरि ४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

उक्त बैठकले प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश शर्मा, श्याम पटेल, भोला प्रसाद कलवार, रामरुप कुर्मी, दिना गुप्ता, नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा सदस्यमै समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी, महम्मद सतार मन्सुरी, विजय उपाध्याय, ध्रुब नेपाल, बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी, प्रदीप कुशवाहा, विद्या श्रेष्ठ, प्रियंका केसरी, रुपा श्रेष्ठ, शीवनारायण साह र सुखल हजरा पासवानको नाम सिफारिस गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.