logo

एमाले र कांग्रेस उम्मेदवार फिारिश गर्दै ,कांग्रेस नेता चौरसिया सिफारिशमै परेनन

 इसीमाना सम्वाददाता     २०७९ भदौ १५ गते १०: ३३ मा प्रकाशित     701   पटक पढिएको

मंसीर ४ मा हुने प्रदेश तथा संघीय सासदको चुनावकालागि दलहरु उम्मेदवारको सिफारिशमा जुटेका छन ।

 

पर्सामा नेकपा एमाले र नेपाली कांग्रेसले आफनो दलको तर्फबाट प्रत्यक्ष तथा सामानुपातिक रुपमा प्रतिस्पर्धामा उत्रिने नेताहरुको नाम उम्मेदवारमा सिफारिश गरेको छ ।
नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समन्वय कमिटीको बैठकले ३ जनाको नाम सिफारिश गरेको छ ।

क्षेत्र नम्बर १ का संयोजक लालबाबु शेषको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि संबिधान सभाका सदस्य जुनैद अन्सारी ईस्लाम हवारी र बसरुदिन अन्सारीको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ पार्टीका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, डा. विशम्भर कुमार शर्मा, बाबुराम कौशिक, पत्रकार के.सी.लामिछाने ,श्याम बन्जारा उर्मिला श्रेष्ठ, मेघराज पासवान, उर्मिला शर्मा र रञ्जु फुयालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । त्यसैगरि पर्सा क्षेत्र नं २ को प्रदेश सभा (क) र (ख)को बुधवार सम्पन्न बैठकले प्रतिनिधि सभाकालागि संबिधान सभाका सदस्य राजेन्द्र बहादुर अमात्यको उकल नाम सिफारिश गरेको छ ।

 

यही क्षेत्रबाट प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा भाग लिएका नेपाली कांग्रेसका नेता अजय कुमार चौरसियाको नाम भने सिफारिश भएको छैन ।

 

अमात्यको नाम एकल सिफारिशसंगै नेपाली कांग्रेसकालागि पर्सा दुईको राजनीति निकै अर्थपूर्ण बनेको छ । पर्सा क्षेत्र नं २ गठबन्धनको पक्षमा जाने भएको पूर्व आकंलनका कारण चौरसियाले आफनो दावी पेश नगरेको बिश्लेषण पनि कांग्रेसबृतमा शुरु भएको छ ।


नेपाली काँग्रेस प्रदेश सभा पर्सा क्षेत्र नं २ को (क) क्षेत्रिय समितिले प्रदेश सभाको प्रत्यक्ष तर्फ पनि सर्वसम्मत रुपमा एकल नाम सफिारिश गरेको छ ।

पर्सागढी नगरपालिकाको वडा नम्बर १ स्थित कोइलाभार मन्दिरमा बसेको प्रदेश सभा क्षेत्रीय समितिको बैठकले क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य र २ को क बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा बर्तमान प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको एकल नाम सिफारिस गरेको हो ।

यसैगरि उक्त प्रदेशसभा क्षेत्रमा सामानुपाति तर्फ विजय कुमार कर्ण , कामेश्वर मिश्र, वीर बहादुर प्रसाद यादव, भरत प्रसाद तेली, रिमा देवी यादव, मीरा देवी थरुइन्, अर्चना चौधरी र गोकर्ण मैदालीको नाम सिफारिस गरेको छ ।

क्षेत्रिय सभापति बेदमन दास थारुको सभापतित्वमा बसेको बैठकमा संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह, सहितका नेताहरुको सहभागिता रहेको थियो ।

यसैगरी प्रदेश सभा पर्सा क्षेत्र नं.२ को (ख) क्षेत्रिय समितिले पनि प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधान सभा सदस्य अमात्यको नाम सिफारिस गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित माइस्थान अतिति सदनमा बसेको प्रदेश सभा क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फ डाक्टर सुस्मा तिवारी, कन्हैयालाल केसरी, शम्भु चौहान र रुपा देवी गुप्ता गरि ४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

उक्त बैठकले प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश शर्मा, श्याम पटेल, भोला प्रसाद कलवार, रामरुप कुर्मी, दिना गुप्ता, नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा सदस्यमै समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी, महम्मद सतार मन्सुरी, विजय उपाध्याय, ध्रुब नेपाल, बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी, प्रदीप कुशवाहा, विद्या श्रेष्ठ, प्रियंका केसरी, रुपा श्रेष्ठ, शीवनारायण साह र सुखल हजरा पासवानको नाम सिफारिस गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.