logo

वीरगंजमा बुद्धिजीवीको भेला सम्पन्न, गठबन्धनको बिरुद्ध एमालेलाई जिताउन अपिल

 इसीमाना सम्बाददाता     २०७९ भदौ १२ गते ०९: ३९ मा प्रकाशित     451   पटक पढिएको

नेपाल बुद्धिजीवी परिषद पर्साको भेला आइतवार वीरगंजको मेघा कलेजको सभाहलमा सम्पन्न भएको छ । परिषदका जिल्ला अध्यक्ष शम्भू गुप्ताको अध्यक्षतामा भएको भेलाले आम बुद्धिजीवीलाई मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई बिजयी बनाउनकालागि क्रियाशिल हुन अपिल गरेको छ ।

 


भेलालाई संगठनका केन्द्रीय सचिव अजुर्न सिंहले सम्बोधन गर्दै नेपाल र नेपालीको भाग्य र भविष्यको सुरक्षाकालागि मुलकमा नेकपा एमालेले चुनवामा बिजयी हुनु पर्ने कुरालाई जनताको वीचमा स्थापित गर्ने दायित्व बुद्धिजीवीको काँधमा आएको बताए ।

 

उनले मुलुकमा गठबन्धनको नाममा लुटको राज्य संचालन भएको चर्चा गर्दै परमादेशको सरकारले बिकास होइन बिनास गरिरहेको आरोप लगाए ।


कार्यक्रममा मधेश पद्येशका संयोजक बलिराम पोख्रेलले मधेशको बिकासमा के.पी.ओली सरकारले उल्लेख बजेट बिनियोजन गरेको चर्चा गरे ।

 

हुलाकी राजमार्गको निर्माण के.पी.ओली सरकारले बिनयोजन गरेको बजेटले मात्र सम्भव भएको बताए । मधेशको कृषिको बिकासकोलागि मरिन डाइभर्सन सिचाई परियोजना, तराई मधेश समृद्धिकार्यक्रम , सदरमुकामको बिकासकालागि ५० करोड बिवनियोजन जस्ता कार्यक्रमम ओली सरकारले गरेको भन्दै नेकपा एमालेको जीतमा मात्र मुलुकको हित हुने दावी गरे ।


भेलाले मंसीर ४ को निर्वाचनलाई एमालेको पक्षमा पार्नकालागि संगठन निर्माण गरेको छ । १४ वटै स्थानीय तहमा बुद्धिजीवी परिषदको पालिका स्तरको कमिटी निर्माण भएको छ ।

 

वीरगंज महानगरको संयोजक मजोज कुमार गुप्ता, सचिव इं.सन्देश ठाकुर,सदस्य संजय गुप्ता र डा. सदाम हुसेन रहेका छन ।

 

पोखरिया नगरपालिकाको सयोजकमा मनोज कुर्मी सचिव राजकुमार, पर्सागढीको संयोजकमा अनिरुद्ध प्रसाद दास सचिवमा मुक्ति पाठक , बहुदरमाई नगरपालिकाको संयोजकमा बष्टिर कुमार सचिव श्रीलाल पटेल, सखुवा प्रसौनीमा संयोजक जदु साह सचिव कमला ओझैया,जिराभवानीको संयोजकमा बिजय महतो थारु सचिव पी एन चौधरी,ठोरीको संयोजकमा घनश्यम अधिकारी, सचिव लक्ष्मण उपाध्याय सदस्यमा कमोध्या चौधरी धोवीनी गाउँपालिकाको संयोजकमा महम्मद इमरान सचिवमा लष्टिर प्रसाद कानु रहेका छन ।

 

त्यस्तै छिपहरमाई गाउँपालिकाको संयोजकमा प्रकाश महतो सचिवमा अशहोक साह , पकाहा मैनपुर गाउँपालिकाको संयोजकमा रामसेवक पाण्डे ,जगरनाथपुरको संयोजकमा गफुर मिया, सचिवमा हिरा पटेल रहेका छन । भेलाले गठबन्धनको राष्ट्रघाती कदमको पर्दाफाश गर्दै नेकपा एमालेलाई जनजनको मनमा स्थापित गराउन बुद्धिजीवीहरुको सघन परिचालन गर्ने निर्णय गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.