logo

प्रहरी समायोजनको माँग राख्दै मधेश सरकार आन्दोलनमा, आकाहरूको देखावटी विरोध

 इसीमाना सम्वाददाता     २०७९ सावन २९ गते ०४: १८ मा प्रकाशित     449   पटक पढिएको

संघ सरकारले प्रहरी समायोजन नगरेपछि मधेश प्रदेश सरकार नै आन्दोलनमा उत्रिएको छ । मधेश प्रदेशमा प्रहरी परिचालनको अधिकार आएपछि मात्र संघीयताको कार्यान्वयन हुने बुझाईमा रहेको मधेश सरकार आन्दोललनमा उत्रिनुलाई लाजको पसारो भन्दै आलोचना पनि गर्न थालिएको छ ।

आइतवारदेखि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित उनका मन्त्री र प्रदेशसभा सदस्यहरु प्रहरी समायोजन को माँग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका हुन् ।

पुर्व निर्धारित आन्दोलनको कार्यसूचनी अनुसार प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा पण्डाल लगाएर मन्त्रीहरु धर्नामा बसेका छन् । प्रदेश सरकारले पहिलो चरण अन्तर्गत सात दिनसम्म धर्नामा बस्ने छन् ।

 

धर्ना कार्यक्रममा मुख्यमन्त्री राउतसहित गृह तथा संचार मन्त्री भरत प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलगायत सबै मन्त्री र प्रदेश सांसदहरु उपस्थित भएका हुन् ।

 

यस अघि मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री देउवासहित सत्तागठबन्धन दलका प्रमुख नेताहरुलाई ज्ञापनपत्र बुझाएका थिए भने केही दिन अघि प्रदेश सरकारका गृहमन्त्रीको नेतृत्वमा प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

 

मधेश प्रदेश सरकारद्वारा यो आन्दोलनलाई तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले नौटंकीको संज्ञा दिएका छन ।

 

उनले शनिबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी समायोजन हुनुपर्दछ । तर, मधेस प्रदेश सरकारद्वारा आन्दोलनको नौटंकी हद पारीको ड्रामा नै हो ।’

प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीहरू सहभागी रहेको अवस्थामा आकाहरूको देखावटी विरोध राजनीतिक लाज उदाङ्गिएको नौटंकी रहेको उनको टिप्पणी छ ।

 

‘मधेसको जागरुकता हदै तल रहेको ठानेर छारो हाल्न त होला नि ?’, उनले फेसबुकमा लेखेका हुन् । 

यसैगरि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले मधेस सरकारका मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि गरेको धर्ना कार्यक्रम औचित्यहीन भएको बताएका छन्।


मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सोनलले प्रहरी ऐन अगाडि बढाउनुपर्ने आफूहरूको समेत माग रहेको बताउँदै त्यसका लागि प्रदेश प्रमुख नभई सङ्घीय सरकार र प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘प्रदेश प्रमुखले प्रहरी ऐन रोकेका होइनन्। त्यसका लागि सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्नुपर्छ। हामीसँग सहकार्य गरिए लोसपा पनि उक्त आन्दोलनमा साथ दिन तयार छ।’

सोनलले प्रदेशको अधिकारका लागि नाटक नगरी इमानदारी पूर्वक गठबन्धनका ठुला नेताहरूलाई दबाब दिन प्रदेश सरकारलाई आग्रह समेत गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.