logo

नारायणी अस्पताललाई कोरोना मुक्त गर्न माँग गर्दै नेपाली कांग्रेसको प्रर्दशन

      5/3/2020 गते 00 00 मा प्रकाशित     1409   पटक पढिएको

बीरगंज २१ बैशाख ।

नारयाणी अस्पतालमा संचालीत कोभिड अस्थायी अस्पताल अन्यत्र सार्न माँग गर्दै नेपाली कांग्रेस पर्साले आज बीरगंजमा प्रर्दशन गरेको छ ।

 

०७६ चैत ३० गते बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संघीय सरकारले नारायणी अस्पताललाई नै कोरोना उपचारकोलागि लेभल टु अस्पतालको रुपमा घोषणा गरेको थियो ।

 

स्थानीय प्रशासन र स्थानीय सरकारले बीरगंज हेल्थ केयर अस्पताललाई मासिक डेढ करोड रुपैया भाडा दिएर कोरोना अस्थायी अस्पताल संचालनको निर्णय भएको थियो ।

 

मुख्यमंत्री लालबाबु राउतले पनि तुरुन्त सम्झौता गर्न बीरगंज महानगर प्रमुखलाई आफनो सहमती दिएपनि साँझ मुख्यमंत्री स्वंयले सम्झौता गर्नबाट रोकेपछि । संघीय सरकारले नारायणी अस्पताललाई कोरोना उपचारकोलागि अस्थायी अस्पताल घोषणा गरेको हो । 


अहिले त्यही अस्पताललाई पूर्ववत रुपमा संचालनमा ल्याउन माँग गर्दैे सामाजिक संजालमा अभियान चलेको छ । राजनीतिक दलहरु बिज्ञप्ति जारी गर्न होडवाजी गर्दैछन । आज नेपाली कांग्रेस सडकमा उत्रिएको छ । 

 

मालपोत कार्यालय अगाडिको रोड देखी विर्ता मन्दिर सम्मको रोडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निस्केर प्रदर्शन गरेका हुन् । लकडाउनमा पनि भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागिहरुले विभिन्न नारा लेखिएको प्यले कार्ड सहित नारायणी अस्पतालमा पुन स्वास्थ्य उपचार सुरु गर्न माग गरे ।

 

नारायणी अस्पतालाई कोरोना मुक्त गराऔ, कोरोना अस्पतालको लागि वैकल्पिक व्यवस्था होस्, नारायणी अस्पताललाई जोगाऔ, कोरोना अस्पतालाको अन्त कही व्यवस्था होस, नारायणी अस्पतालमा जनताको उपचार पुन सुरु होस् भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर कांग्रेस नेता तथा कार्यकर्ताले उक घण्टा प्रर्दशन गरेका थिए । 


 प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, ओमप्रकाश शर्मा, नेता राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री, जिल्ला सचिव श्याम पटेल लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.