logo

नारायणी अस्पताललाई पूर्ववत संचालन गरौ ,कोभिड अस्पताल गण्डकमा स्थाजना गरौः अध्यक्ष हजरा

      4/28/2020 गते 00 00 मा प्रकाशित     1397   पटक पढिएको

बीरगंज  १६ बैशाख ।

नेपाल कम्युनिष्ट पार्टी पर्साले बीरगंजको नारायणी अस्पताललाई सर्वसाधारणले सबै प्रकारका उपचार पाउने  अस्पतालकै रुपमा संचालन गर्न माँग गरेको छ ।

 

पार्टीका अध्यक्ष प्रभू हजराले मंगलवार जारी गर्नु भएको बिज्ञप्तिमा गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गरि सर्वसाधारणकालागि नारयाणी अस्पतालको पूर्ववत सेवा संचालन गर्न माँग गर्नु भएको हो । 


उहाँले गण्डक अस्पतालसंग समझौता भइसकेको परिवेशमा नारायणीलाई आम नगरिकको पहुच भएको अस्पतालकै रुपमा चलाउन आवश्यक रहेको पार्टीले जारी बिज्ञप्तिमा उल्लेख छ । 

 


कोरोना भाइरसको संक्रमणको नियन्त्रणकालािग अग्रिम मोर्चामा क्रियाशिल चिकित्सक,स्वास्थ्यकर्मी सुरक्षाकर्मी सफाईकर्मी संचारकर्मी लगायत सबैलाई पार्टीले उच्च सम्मान प्रकट गरेको छ । 

 


बन्दाबन्दीका कारण समस्यामा परेका बिपन्न र अति बिपन्न नागरिकलाई राहत उपलबध गराउन र राहत बितरणमा अनियमितता गर्नेहरुलाई कारवाही गर्न समेत पार्टीले माँग गरेको छ ।

 

दैनीक उपभोग्य बस्तुको  कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्नेहरुलाई समेत कारवाही गर्न , किसानले उत्पादन गरेको कृषि उपजको बजार सँम्म जाने वतावरण बनाउन समेत पार्टीले बिज्ञप्ति मार्फत माँग गरेको छ ।

 


अहिले कृषि कर्मको बेला भएकोले किसानलाई मल बिउ सहज रुपमा पाउने ब्यवस्था मिलाउन ,खाद्य उधोग औषधी उधोगहरु  निर्माण उधोगहरुको को सुरक्षीत संचालनको बतावरण र  मिलाउन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ । 


 बैंक तथा बित्तिय  संस्थाहरुले प्रवाह गरेको ऋणका ब्याज मिनाह गर्न ,बैदेशीक रोजगारीबाट फर्किएका वा फर्किने नेपाली युवाहरुलाई रोजगार सृजना गर्ने तर्फ राज्यको गम्भिर ध्यानाकर्षण गराउदछौ बिज्ञप्तिमा भनिएको  छ । बन्दाबन्दीको बेलामा बन बिनाश बढेको भन्दै काठको अवैध चोरी निकसी रोक्न र त्यस्तो काममा संलग्नहरुलाई कारवाही गर्न समेत पार्टीले माँग गरेका छ । 

 


पार्टीले कोरोना भाइरसको संक्रमणबाट मृत्युवरण गर्नेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उपचाररतहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ । पार्टीले पिसीआर मेशिन संचालनको आवश्यक प्रवन्ध मिलाउन समेत माँग गरेको छ ।  

अध्यक्ष हजराले राज्यद्वारा जारी नीति र निर्देशन विश्वस्वास्थ्य संगठनको मपदण्ड र प्रदेश तथा स्थानीय सरकारका निर्णयलाई अझ कडाईका साथ पालना गर्न आम जनमसुदायसंग अनुरोध गर्नु भएको छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.