logo

पर्साको सखुवा प्रसौनीको अध्यक्षमा एमालेका यादव उपाध्यक्षमा जसपाका बिष्ट बिजयी

 इसीमाना सम्वाददता     २०७९ जेठ ६ गते ०३: २७ मा प्रकाशित     570   पटक पढिएको

 

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जसवन्त यादव निर्वाचित भएका छन् ।

यादवले ६ हजार ६४१ मत पाउँदा जयसवालले ४ हजार ८१० मत ल्याएर बिजय हासिल गरेका हुन। उनले निकटतम प्रतिद्वण्दी भन्दा
१ हजार ८ सय ३१ मत बढी प्राप्त गरेर जित निकालेका हुन ।

 

उनले निर्वतमान अध्यक्ष जनता समाजवादी पाटीृका उम्मेदवार प्रदीप जयसवाललाई पराजित गरेका हुन् ।


२०७४ सालको स्थानीय तहको निर्वाचनमा जयसवाल अध्यक्षमा निर्वाचित भएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दिएका यादव भने चौथो भएका थिए ।

उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् । नेकपा एमालेकी फुलमति कुमारी थारुलाई २ सय १२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएकी हुन् । बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने थारुले ४ हजार २५६ मत पाएकी छिन् ।

 

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव लडेकी थारु उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी ०७८ चैत २२ गते बीरगंजमा आयोजीत कार्यक्रममा नेकपा एमाले प्रवेश गरेकी थिइन । पार्टी अध्यक्ष ओलीले उनलाई पार्टीमा प्रवेश गराएका थिए ।

वडा नम्बर १ मा नेकपा एमालेका बासुदेव महतो थारु १ हजार २ सय ५० , २ मा जसपाका चिरञ्जीवीप्रसाद महतो थारु७ सय १०, ३ मा नेपाली कांग्रेसका मोजमिल अंसारी७ सय १२ , ४ मा एमालेका महम्मद आरिफ अन्सारी ८ सय ४०, ५ मा कांग्रेसका असेशरप्रसाद यादव१ हजार १ सय ८० र ६ मा जसपाका मुन्ना प्रसाद राउत कम्कर विजयी भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.