logo

माओवादी नेता अन्सारीको सवाल भोली माओवादीकोस्थान काहाँ रहन्छ ?

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २४ गते ०२: ५५ मा प्रकाशित     599   पटक पढिएको

नेकपा माओवादी केन्द्र वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीले जेठ २ पछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले एमाओवादी केन्द्रलाईचिन्छ कि चिन्दैन भन्ने प्रश्न गरेका छन । माओवादी सहितको गठबन्धनलाईजिताउनु आफनो प्राथामिकता रहेको बताएका अन्सारीले वडामा आफना उम्मेदवारलाई जिताउने गरी अभियान चलाएका छन ।

 

नेकपा माओवादी केन्द्र वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेदवार फत्ते आलमको वीरगन्ज चिनी कारखाना आवास क्षेत्रमा शनिबार भएको घरदैलो कार्यक्रममा माओवादीका उम्मेदवार सहितको गठबन्धनलाई जिताउन आफू भोट माग्दै हिडेको उनले बताए ।

 

महानगरपालिकामा मेयर र उपमेयरमा पाँचदलीय गठबन्धन भएपनि वडा अध्यक्षमा कसैले नछोडेकोले माओवादीलाई वडाहरुमा जिताउन आफू लागि परेको बताए । गठबन्धन गरेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी सबैले आ–आफ्ना उम्मेदवार उठाएकोले वडाका माओवादी उम्मेदवारलाई जिताउनु आफ्नो पहिलो दायित्व भएको बताए ।

 

वडा अध्यक्षमा माओवादीले उठाएको उम्मेदवारलाई छोड्ने हो भने भोली माओवादीको स्थान कहाँ रहन्छ ? उनले भने यदी पार्टीलाईजीवन्त राख्ने हो भने वडाध्यक्षका उम्मेदवार जिताउने अभियानमा लाग्नैपर्छ ।”

माओवादी केन्द्रको महानगर अध्यक्षको हैसियतले महानगरपालिकाको वडाहरुमा उम्मेदवार भएका माओवादी साथीहरुलाई जिताउनु पर्ने दायित्व भएको उनले बताए ।

 

शनिबार बिहान भएको घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शेष चाँदतारा, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मधेस प्रदेशका सचिव मूनेश कुमार लायो मगर,

अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष हिरा भट्टराई, जिल्ला सदस्य कमल बहादुर पिठाकोटे मगर, वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेदवार फत्ते आलम, कहरसिंह आले मगर, सूर्य कुमारी दर्लामी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.