logo

घरदैलोमा ब्यस्त सरावगीलाई नागरिकको आर्शिवाद

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १७ गते ०१: ०० मा प्रकाशित     760   पटक पढिएको

वीरगंजको बिकास भएको छ तर पाँचदलीय गठबन्धनको आँखाले त्यो नदेखेको नेकपा एमालेका नेता तथामहानगरका प्रमुखका उम्मेदवार बिजय सरावगीले बताएका छन ।कोरोना कहरमा महानगरवासीलाई बचाउनकालागि गरिएको प्रयासलाई पनि उनीहरुले राम्रो कामको रुपमा लिन नसकेको उनले बताए ।

 

 

नेता सरावगीले एउटा महानगर प्रमुखको रुपमा महानगरवासीको जीवन रक्षा मेरो पहिलो दायित्व थियो त्यसकोलागि आफूले काम गरेको उल्लेख गर्दै कोभिडको संक्रमण रोक्ने अभियामानमा महानगरलाई धेरैले सहयोग गर्नु भएको स्मरण गर्दै उनीहरुप्रति आभार ब्यक्त गरे ।

 

कोभिड संक्रमण नियन्त्रणको अभियानमा सरावगी आफै संक्रमीत मात्र भएनन उनले आफनो पिता गुमाउनु पर्यो । तर अविचलीत उनी कोभिड बिरुद्धको लडाईको अग्रमोर्चामा रहे । आज उनको बिरोध गर्नेहरु त्यतीबेलामा पनि बरिाधेमा थिए । बिरोध देखी निराश हुने भएको भए कोभिड बिरुद्धको लडाईमा सरावगी पारजित हुन्थे होलान तर बिरोधलाई पनि सृजनात्मक रुपमा उपयोग गर्न सक्ने कौशल भएका सरावगी अन्तत कोभिड बिरुद्धको लडाईमका “बीरगंज मोडेल ” स्थापीत गर्न सफल भए । तिनै सरावगी अहिले चुनावी अभियानमा घरदैलामा छन ।

 

नागरिक जीवनको रक्षाकोलागि लडेको भन्दै उनले नागरिकबाट आर्शिवाद पाइरहेका छन । शनिवार सरावगी बीरगंज महानगरको वडा नं ३०,३१ र ३२ मा घरदैलो सहभागि भए ।स्थानीय जनताले कोभिड बिरुद्धको अभियान स्मरण गर्दै उनलाई आर्शिवाद दिए ।


सरावगीले बीरगंजमा बिकासको आधार बनेको छ अव त्यसलाई पूर्णता दिन आफनो ध्यान रहने वचन दिए ।अधिकार सम्पन्न स्थानीय सरकार भएको नाताले बीरगंजले आव बिकासको क्षेत्रमा प्रगती गर्ने उनले बताए । उनले भने केन्द्रमा नेकपा एमालेको सरकार बन्छ त्यो सरकारले मात्र बीरगंजको बिकासमा ध्यान दिन्छ । उनले एमाले सरकार बनेपछि आफूले अर्वौ रुपैया ल्याउन सक्ने बताउदै उनले संघ सरकार पनि हाम्रो बिकासकालागि सकारात्मक हुनु पर्छ त्यो भनेको एमालेको सरकार हुने बताए ।


घरदैलोमा उमप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झा , वडाध्यक्षका उम्मेदवारहरु अमानत मिया जितेन्द्रयादव , बासुदेव अहिर ,नविजान मिया सहित एमाले नेताहरुको सहभागिता रहको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.