logo

शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास नै आफनो एजेण्डाः हरिनारायण चौधरी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १२ गते ०६: ०५ मा प्रकाशित     917   पटक पढिएको

नेकपा एमालेको तर्फबाट पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरी र उपाध्यक्षमा मन्तुरा देवीले उ्रम्मेदवारी दर्ता गराउनु भएको छ ।

 

गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको तर्फबाट पार्टीका जिल्ला उपाध्यक्ष फरमान मिया अन्सारी, वडा नं २ मा केशर बहादुर आले, वडा नं ३ मा बीरेन्द्र चौधरी, वडा नं ४ मा राजेश दास र वडा नं ५ मा मोतीलाल साहको उम्मेदवारी दर्ता भएको छ ।

संचारकर्मीसंग संक्षीप्त प्रतिक्रिया दिदै अध्यक्षका उम्मेदवार चौधरीले अल्पमतमा रहदा बिपक्षीले जहिले पनि बिकासका काममा अवरोध सृजना गरेको तितो अवस्थाको अन्त्यको आग्रह गर्दै जनतासंग मत माग्न जाने बताउनु भयो । चौधरीले अल्पमतमा रहदा रहदै पनि सहकार्य गरेर अगाडि बढेपनि जनताको पक्षमा कतिपय काम गर्न असहज भयो त्यसैले अव पूर्ण बहुमत पाउने गरि जनतामा जाने बताउनु भयो ।

 

बिकासका आधार निर्माण भएको बताउदै शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास नै आफनो एजेण्डा रहेको बताउनु भयो । उपाध्यक्षकी उम्मेदवार मन्तुरा देवीले महिलाको सशक्तिकरणकालागि काम गर्ने बताउनु भयो । जनताको आवश्यकताका योजनाको प्रथामिकता निर्धारण गरेर गुणात्मक काम गर्ने कुरामा आफनो ध्यान जाने उहाँले बताउनु भयो ।

 

नेपाली कांग्रेसको तर्फबाट वडा नं १ मा सुलेमान अन्सराी, २ मा बिजय गैरे, २ मा महादेव महतो लगायतको उम्मेदवारी परेको छ ।उहाँले राम्रो उम्मेदवारलाई आफनो मतदान गर्न पटेर्वाबासीलाई आग्रह गर्नु भयो । उहाँले इमान्दार र योग्य ब्यक्तिलाई जिताउन आम मतदातालाई आग्रह गर्नु भयो ।

 

पटेर्वा सुगौलीको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सचिव दिनेश चौधरी अध्यक्ष र उपाध्यक्षमा ममता चौधरीको उम्मेदवारी परेको छ । जनता समाजवादी पार्टीको तर्फबाट दीपक यादव अध्यक्ष र उपाध्यक्षमा अशमोहिनी चौधरीको उम्मेदवारी परेको छ । चौधरीले नेपाली कांग्रेस परित्याग गरि जसपाबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.