logo

शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास नै आफनो एजेण्डाः हरिनारायण चौधरी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १२ गते ०६: ०५ मा प्रकाशित     1074   पटक पढिएको

नेकपा एमालेको तर्फबाट पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा हरिनारायण चौधरी र उपाध्यक्षमा मन्तुरा देवीले उ्रम्मेदवारी दर्ता गराउनु भएको छ ।

 

गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको तर्फबाट पार्टीका जिल्ला उपाध्यक्ष फरमान मिया अन्सारी, वडा नं २ मा केशर बहादुर आले, वडा नं ३ मा बीरेन्द्र चौधरी, वडा नं ४ मा राजेश दास र वडा नं ५ मा मोतीलाल साहको उम्मेदवारी दर्ता भएको छ ।

संचारकर्मीसंग संक्षीप्त प्रतिक्रिया दिदै अध्यक्षका उम्मेदवार चौधरीले अल्पमतमा रहदा बिपक्षीले जहिले पनि बिकासका काममा अवरोध सृजना गरेको तितो अवस्थाको अन्त्यको आग्रह गर्दै जनतासंग मत माग्न जाने बताउनु भयो । चौधरीले अल्पमतमा रहदा रहदै पनि सहकार्य गरेर अगाडि बढेपनि जनताको पक्षमा कतिपय काम गर्न असहज भयो त्यसैले अव पूर्ण बहुमत पाउने गरि जनतामा जाने बताउनु भयो ।

 

बिकासका आधार निर्माण भएको बताउदै शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास नै आफनो एजेण्डा रहेको बताउनु भयो । उपाध्यक्षकी उम्मेदवार मन्तुरा देवीले महिलाको सशक्तिकरणकालागि काम गर्ने बताउनु भयो । जनताको आवश्यकताका योजनाको प्रथामिकता निर्धारण गरेर गुणात्मक काम गर्ने कुरामा आफनो ध्यान जाने उहाँले बताउनु भयो ।

 

नेपाली कांग्रेसको तर्फबाट वडा नं १ मा सुलेमान अन्सराी, २ मा बिजय गैरे, २ मा महादेव महतो लगायतको उम्मेदवारी परेको छ ।उहाँले राम्रो उम्मेदवारलाई आफनो मतदान गर्न पटेर्वाबासीलाई आग्रह गर्नु भयो । उहाँले इमान्दार र योग्य ब्यक्तिलाई जिताउन आम मतदातालाई आग्रह गर्नु भयो ।

 

पटेर्वा सुगौलीको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सचिव दिनेश चौधरी अध्यक्ष र उपाध्यक्षमा ममता चौधरीको उम्मेदवारी परेको छ । जनता समाजवादी पार्टीको तर्फबाट दीपक यादव अध्यक्ष र उपाध्यक्षमा अशमोहिनी चौधरीको उम्मेदवारी परेको छ । चौधरीले नेपाली कांग्रेस परित्याग गरि जसपाबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.