logo

गठबन्धनको तर्फबाट सिंह र आलम राप्रपाको तर्फबाट गिरी र जयसवालको उम्मेदवारी दर्ता

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख १२ गते ०५: ४४ मा प्रकाशित     573   पटक पढिएको

पाँच दलीय गठबन्धनको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिंह र उपप्रमुखमा नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दर्ता गरेका छन ।


लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका सिंह नेकपा एमालेमा प्रवशेको घोषणा गरेका थिए । तर बीरगंजका मेयर बिजय कुमार सरावगी एमाले प्रवेश गरेपछि भने सिंह झस्कीएका मात्र होइनन बाटो नै परिर्वतन गरे । गएको चैत ८ गते नेकपा एमालेका अध्यक्ष के.पी.ओली बीरगंज आउने कार्यक्रम तय थियो । तर ओली आउनु भन्दा एक दिन अगावै सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरे ।


गठबन्धनको तर्फबाट मेयर उपमेयरमा मात्र उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका नेता बिजय कुमार सर्राफले आफनो दलले बीरगंज महानगरका ३२ वटै वडामा उम्मेदवारी दिएको बताए ।


राप्रपाको तर्फबाट पत्रकार गिरीश गिरीले प्रमुखमा र उपप्रमुखमा बिना जयसवालले उम्मेदवारी दर्ता गरेका छन ।

नेकपाको तर्फबाट भने विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै वीरगन्जमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टीले पुरुषोत्तम झालाई उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ ।

 

गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए । फोरममा असहयोग हुन थालेपछि उनले पार्टी नेतृत्वसंग गुनासो गर्दै आएका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । असहयोगको क्रम नरोकिएपछि मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका हुन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.