logo

नेकपा एमाले र लोसपावीच बीरगंजमा तालमेल मेयरमा एमाले उपमेयरमा लोसपा

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ८ गते १२: ०४ मा प्रकाशित     657   पटक पढिएको

बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन ।


सहमतीका बिषय दुबै दलले बीरगंजको होटेल भिषूवामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनीक गरेका हुन ।


तालमेल अनुसार महानगरको प्रमुखको उम्मेदवार नेकपा एमालेले र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीले पाउनेगरि दुबै दलले सहमती गरेका छन ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुवै पार्टीले मेयरदेखि वडास्तरसम्म गठबन्धन गरेर चुनाव लड्ने जनाएका छन् । वडाको उम्मेदवारी आपसी सहमतीमा गरिने दुबै पार्टीले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ।


महानगरवासीको हरेक दुस्ख र सुखमा सहभागी हुँदै आएका यी दुई पार्टीले सथानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमाले र उप(प्रमुखमा लोसपा नेपालको नेतृत्व गर्ने कुरा संयुक्त रुपमा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।


समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई छ ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य एवं सह इन्चार्ज पुरुषोत्तम पौडेल नेकपा एमालेको तर्फबाट बीरगंज महानगरका प्रस्तावित मेयरका उम्मेदवार बिजय कुमार सरावगी , लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, बिमल श्रीवास्तव , लोसपा पर्साका इन्चार्ज रमेश पटेल नेता प्रहलाद गिरी संबिधान सभाका सदस्य बिचारी यादव नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा ,राजकुमार गुप्ता, अरविन्द कुमार सिंह शशी कपुर मिया, रामचन्द्र पंडित , नवराज शर्मा नेपाल बुद्धिजीवी परिषद पर्साका अध्यक्ष शम्भू गुप्ता लगायतका नेताहरुको सहभागिता रहेको यियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.