logo

बहुदरमाईमा जसपाको तर्फबाट साह, पर्सागढीमा एमालेका पाठक र चौधरी चुनावी मैदानमा

 इसीमाना सम्वाददाता     २०७९ बैशाख ४ गते १०: ०२ मा प्रकाशित     579   पटक पढिएको

जनता समाजवादी पार्टीले बहुदरमाई नगरपालिकाको प्रमुखमा पार्टीको तर्फबाट सिगासन साहलाई प्रत्यासी बनाउने भएको छ । पार्टीका केन्द्रीय सदस्य जनार्दन यादवको उपस्थितिमा भएको नगर कमिटीको बैठकले साहलाई सर्वसम्मत रुपमा मेयर प्रत्यासीको रुपमा सिफारिश गर्ने निर्णय गरेको जनार्दन यादवले आफनो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनीक गर्नु भएको छ ।

 

आसन्न स्थानीय तहको निर्वाचनका लागि पर्सागढी नगरपालिकामा एमालेबाट मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मत सिफारिस गरिएको छ । पर्सागढी नगरपालिकाको लागि एमालेले पुनः मेयरमा गोकर्ण पाठकलाई अगाडि बढाउने भएको छ । गत निर्वाचनमा थोरै मतले पराजित पाठक पुनः मेयरमा उठ्ने निश्चित भएको एमाले पर्सागढीले जनाएको छ ।


पाठक गत निर्वाचनमा जम्मा ६५ मत अन्तरले पराजित हुनुभएको थियो । यसै गरि उप मेयरमा पुजा चौधरीलाई उम्मेदवार बनाउने एमालेले जनाएको छ ।
गत निर्वाचनमा मेयरमा कांग्रेसले जितेको यस नगरपालिकामा एमालेले यस पटक आफ्नो जित निश्चित भएको दाबी गरेको छ । कांग्रेसबाट निर्वाचित मेयरले पाँच वर्षको अवधिमा उपलब्धि मूलक काम नगरेकाले आम नागरिक असन्तुष्ट रहेको ,तेस्रो भएको तत्कालीन फोरमको अवस्था समेत पहिले जस्तो नभएकाले आफ्नो जित निश्चित भएको एमाले पर्सागढी नगर कमिटी अध्यक्ष दुर्गा लामिछानेले बताउनुभयो ।


एमाले फुटेको भएपनि तेसको असर खासै नपर्ने र माओवादीसँगको समायोजनका समयका केही मतदाता एमालेको पक्षमा रहेकाले जितको आधार भएको एमालेको जिकिर छ । पर्सागढीमा काङ्ग्रेस ,एमाले र जसपा बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.