logo

वीरगंजको बिकासको लागि एमालेको बिकल्प छैनः महानगरप्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २ गते ०३: ०१ मा प्रकाशित     716   पटक पढिएको

वीरगंजको बिकाश गर्न एमालेको सरकार आवश्यक रहेको वीरगंजका मेयर बिजय सरावगीले बताउनु भएको छ । आज वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनी बिर्तामा आयोजित पार्टीको वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै मेयर सरावगीले वीरगंजको बिकासको लागि एमालेको बिकल्प नरहेको बताउनु भएको हो ।

 

बीरगंजको बिकासको सपनालाई साकार पार्न आफू एमालेमा प्रवेश गरेको बताउदै प्रमुख सरावगीले जसपा भित्र काम गर्ने वातावरण नभएको र कोभिड महामारीको बेला पनि आफूहरुलाई असफल पार्न खोजिएको स्मरण गर्नु भयो ।

 

कोभिडकालमा जनताको जीवनको रक्षा हाम्रो प्रमुख एजेण्डा थियो तर जसपाका नेताहरुले नै बिभिन्न ठाउमा अडंगा लगाईरहे ।


प्रमुख सरावगीले जसपाका नेताहरुमा छाडापन देखिएको बताउदै त्यसता व्यक्तिबाट वीरगंजको बिकासको कल्पना समेत गर्न नसकिने बताउनु भयो ।

 

उहाँले दैत्यरुपी नेताको जोडीले वीरगंजको बिकास गर्न नसक्ने ठोकुवा गर्दै वीरगंजको बिकाशको लागि देवतुल्य नेताको जरुरी रहेको बताउनु भयो ।

 

उहाँले साढे चार बर्षमा ३२ वटै वडामा थुप्रै काम भएको र बाँकी अधुरा काम पुरा गर्न पुनः मेयरमा उम्मेदवारी दिन लागेको बताउनु भयो ।

 

उहाँले काम गर्न नसकेको वा नगरेको भनेर जनता निराश हुनु पर्ने अवस्था नरहेको बताउनु भयो ।सधै बाढी र कटानको समस्या बनेको भेडहा खोलामा बाँध निर्माणको लागि ४१ करोडको टेन्डर पास भईसकेको उहाँले बताउनु भयो । ३२ वटै वडामा उज्यालो वीरगंजको काम अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो ।

 

पार्टी वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न बैठकले बैशाख ३० मा हुने निर्वाचनको लागि वडाबाट नाम सिफारिस गरि महानगर कमिटीलाई पठाएको छ ।

 


यसैवीच नेकपा एमाले वीरगंज वडा नम्बर १० को वडा कमिटीले वडा अध्यक्ष पदको लागि अजय कुमार गुप्ताको नाम सर्वसम्मतीले सिफारिस गरेको छ ।

 

प्रमोद साह कानुको अध्यक्षता एवं नगर अध्यक्ष राजेन्द्र यादवको प्रमुख आतिथ्यमा आज बसेको बैठकले वडा अध्यक्ष पदका लागि अजय कुमार गुप्ता, सदस्यहरुमा शेखर अग्रवाल, प्रदिप कुमार निराला, महिला सदस्य रेणु कुमारी, दलित महिला सदस्यमा जयकुमार देवीको नाम सिफारिस गरेको छ ।

 

यसैगरी आजै सम्पन्न बैठकले अशोक साह कानुको अध्यक्षतामा वडा कमिटी पुर्नगठन गरेको छ । कमिटीको उपाध्यक्षमा दशै साह कानु, सचिव चन्दन वर्णवाल, उपसचिव बिगु साह कानु, कन्हैया साह सोनार, रामबाबु पटेल लगायत रहेका छन । कार्यक्रममा नगर उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी ,सल्लाहकार प्रमोद साह कानु लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.