logo

एमाले ठोरीले गर्यो उम्मेदवारको सिफारिश

 इसीमाना सम्वाददता     २०७८ चैत २५ गते ०८: २१ मा प्रकाशित     531   पटक पढिएको

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट ठोरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको नाम आज सिफारिस गरेको छ ।


एमाले ठोरीको गाउँपालिका अध्यक्षको उम्मेदवारमा लाल बहादुर श्रेष्ठ, गोबिन्द प्रताप श्रेष्ठ र रुपा पौडेललाई सिफारिस गरेको छ भने उपाध्यक्षमा गोकुली कुमारी रेग्मी, सानुमाया थिङ र खडग बहादुर श्रेष्ठलाई सिफारिस गरेको छ ।

 

ठोरीको राइधारामा बसेको एमाले ठोरी गाउँपालिका कमिटीको बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु सिफारिस गरेको एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताउनु भयो बैठकले गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र श्रेष्ठको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिती, केशव प्रसाद रेग्मीको संयोजकत्वमा ११ सदस्यीय चुनावी घोषणापत्र समिति, अप्सरा स्याङ्तानको संयोजकत्वमा २१ सदस्यीय जन सांस्कृतिक मञ्च ठोरी र २५ सदस्यीय सचिवालय समिति समेत गठन गरेको एमाले ठोरीले जनाएको छ ।


उक्त बैठकमा नेकपा माओबादी केन्द्र परित्याग गरि ७० जना नेकपा एमालेमा प्रवेश गरेको एमाले ठोरीका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
गाउँपालिका कमिटी अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न बैठकमाा जिल्ला समन्वय समितिका उप सभापति ठाकुर न्यौपाने नेताहरू लाल बहादुर श्रेष्ठ, गोकुली रेग्मी, राजेश लामा, याम बहादुर बस्नेत, केशव बिक, मिना गिरि, पार्वती सुवेदी, उद्धव सापकोटा, गोबिन्द प्रताप श्रेष्ठ, खडग श्रेष्ठ, गणेश बहादुर बोहोरा, देवजंग पण्डित, बाल कुमार बस्नेत लगायतको सहभागिता रहेको थियो । बैठकको संचालन गाउँपालिका कमिटीका सचिव जगेन्द्र पौडेलले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.